साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महापुरुष

कोही नमस्ते गन्ती गर्छ मख्ख पर्छ : फुर्किन्छ कोही सरकार ढल्दा, बन्दा बढ्छ : ह्वात्तै हुर्किन्छ । एउटा अग्लो, अर्को मोटो अर्को मख्ख मसलमा काँटकाँटका महापुरुष हाम्रै चिया पसलमा ।

Nepal Telecom ad
ईश्वर पोखरेल :
एउटा अग्लो, अर्को मोटो
अर्को मख्ख— मसलमा
काँटकाँटका महापुरुष
हाम्रै चिया पसलमा ।
एउटा खान्छ, सधै खान्छ
पैसो कहिल्यै तिर्दैन
अर्को मात्छ; यत्ति मात्छ—
लाग्छ— फिर्छ, फिर्दैन !
कोही विगतको ब्याज खान्छ
कोही आगतको उधारो
कोही अहिल्यै मालामाल
तान्यातान्यै : चटारो ।
कोही ‘कविता लेख्छु’ भन्छ
लेख्छ गाईको निबन्ध
कोही ‘राजनीति गर्छु’ भन्छ
गर्छ आफ्‌नो प्रबन्ध ।
कोही सधै चिया पसलमा
गुड्डी हाँक्छ; कुर्लिन्छ
कोही नेताले एउटा धापमै
दङ्ग पर्छ : उर्लिन्छ
कोही नमस्ते गन्ती गर्छ
मख्ख पर्छ : फुर्किन्छ
कोही सरकार ढल्दा, बन्दा
बढ्छ : ह्वात्तै हुर्किन्छ
एउटा अग्लो, अर्को मोटो
अर्को मख्ख मसलमा
काँटकाँटका महापुरुष
हाम्रै चिया पसलमा ।
०००
बोझेपोखरी, ललितपुर
‘रचना’ (फागुन चैत अङ्क,२०८०)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x