साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यागीका दुई पत्र

अब त छत्रावासभित्रै बार खुलेको छ । खातिरदारीका लागि एउटी मिलनसार र चाहिँदा काम लाग्ने च्वाँक केटी पनि नियुक्त छे । नयाँ उपकुलपति दूरदर्शी छ । जरुरतका सबै कुराहरू उपलब्ध गराउने प्रयास गर्दै छ ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१. पुत्रको पत्र

माई डियर ड्याड,

तपाईंको पत्र पाएँ । मनिअर्डरको प्रतीक्षा रहने छ । यदि तपाईंले यी बेफ्वाँकका चिठी नलेखेर खुरुखुरु मनिअर्डर मात्र गरिरहने हो भने बरु त्यो पो जाती हुन्थ्यो । उहिलेका कुरा अब खुइले ड्याड, तपाईंले एक जोडी खद्दरका भोटो सुरुवालमा आफ्नो उच्च शिक्षा लिएर फर्केका कुरा उहिलेका भए । अब त टेरिकटनको बेलबटम नलगाउने हो भने टाउकोमात्र होइन बटम पनि लाजले निहुरिन्छ । यस पटक पुरै सेट फेरि फेर्नुपर्ने भएको छ ।

तपाईंले आफ्नो पत्रमा छात्रजीवनमा साधना चाहिने कुरामा निकै जोर दिनुभएको रहेछ । म तपाईंसित सहमत हुन सकिनँ । साधनाका (हिरोइन) दिन त बितिसके । यो त मौसमी चटर्जीको (हिरोइन) मौसम हो । यसपालि आउनुभयो भने सँगै चलचित्र हेर्न जाऔंला र त्यसपछि बियर खाऔंला । अब त छत्रावासभित्रै बार खुलेको छ । खातिरदारीका लागि एउटी मिलनसार र चाहिँदा काम लाग्ने च्वाँक केटी पनि नियुक्त छे । नयाँ उपकुलपति दूरदर्शी छ । जरुरतका सबै कुराहरू उपलब्ध गराउने प्रयास गर्दै छ । त्यसैले यो टिक्लाजस्तो छ ।

म गर्मीको विदामा घर आउन सक्दिनँ होला । बिना भन्ने केटी के, जसलाई सहपाठी बनाउन भनेर मैले पोहोरको परीक्षा नै हापेको थिएँ नि, हो त्यही केटी अल्मोडा जाँदै छे । म पनि उसैसँग जाँदै छु । उसका बाबुआमा पनि एकदम रूढीवादी छन् के ! तरुनी छोरीलाई एक्लै पहाडतिर पठाउन्नन् । जे होस् । मजबुरी छ । के गरूँ ?

बाँकी सबै त ठिकै छ । मम्‌लाई माया । अनि अँ, तपाईंकी आया उनै छन् कि फेरि पनि फेरिएकी छन् ? तपाईंको टेस्टको पनि कुनै जवाफ छैन नि त !

००

२. आलोचकको पत्र

प्रिय भाइ,

तपाईंको पत्र पाएँ । आभार । मैले त यो किताब तपार्इंको नामबाट अरू कसैले लेखिदियो होला भन्ने ठानेको थिएँ । यो साँच्चिकै तपाईंकै हो भन्ने त मलाई के थाहा र ? वास्तवमा ठुलै भुल भएछ । आखिर तपाईं पनि त्यसै ठाउँका हुनहुँदो रहेछ जहाँको म हुँ भन्ने थाहा पाएपछि त झन् टाउको लाजले लुतुक्कै भयो । अनि जब तपाईं पनि मेरै जाति र गोत्रका हुनुहुन्छ भन्ने थाहा पाएपछि त झन् आफ्नो गल्तीले गर्दा लज्जाधीन हुनुपरिरहेको छ ।

पहिलो पटक जब तपाईंको काव्यग्रन्थ पढेको थिएँ त्यति बेला लागेको थियो, ‘वाक्यं रसात्मकं काव्यम्‌’का अनुसार यसमा रस त पर्याप्त मात्रामा छ तर वाक्यको कमी छ । त्यो मेरो भुल रहेछ । तपाईंजस्तो उच्चपदस्थ व्यक्तिले घटिया कविता त लेख्नै सक्दैन । मैले काव्य सङ्ग्रह फेरि पनि पढें । एकदमै उत्तम लाग्यो । वास्तवमा तपाईंको गद्य नै विशेष प्रकारको हुने गर्छ । त्यसैले मैले कविता पनि त्यसै पूर्वाग्रहका साथमा पढेको थिएँ । यो त साँच्चिकै निकै संवेदनशील पो निस्क्यो । बन्धु, मलाई त ‘म्याक्वेथ’ र ‘मर्डर इन क्याथेड्रल’ को पो सम्झना गरायो । अब म दोहोर्‍याएर यसको समीक्षा लेख्नेछु । अहिले त जे होस् गर्धन लाजले कति झुकेको छ भने त्यो छातीमै टाँसिएको छ । तर मेरो स्थितिमा सुधार हुनासाथ तपाईंका बारेमा विस्तारमा लेख्नेछु ।

तपाईंले अचेल म के गर्दै छु भन्ने कुरो सोध्नुभएको रहेछ । खै, के उत्तर दिऊँ ? केही निर्णय नै गर्न सकिरहेको छैन । सबभन्दा पहिले त ‘जयशङ्कर प्रसादमा जासुसी तत्त्व’ भन्ने ग्रन्थ छपाउन खोजेको थिएँ तर त्यसमा समय लाग्ने भयो । विषय निकै विस्तृत पर्‍यो नि त ।

शेष भेटमा । जहाँसम्म तपाईंको गद्यको प्रश्न छ, म त त्यही भन्छु जे सायद कलरिजले भनेका थिए, ‘पोएट्री इज ग्रेट बट प्रोज इज डिभाइन’ । यसपालि त्यता निस्केंछु भने तपाईंकै घरमा बस्नेछु । तपाईंलाई नजिकबाट हेर्नु पनि मेरा लेखा त एउटा उपलब्धि नै हुनेछ ।

०००
(यी दुई पत्रहरू रवीन्द्रनाथ त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘लेखक के नाम पाँच पत्र’बाट अनुवाद गरिएका हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x