साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्वाँहाेरु

यताका हन्तकालीले निरन्तर ललिपप पाउँछन् निकैले मुख बाउँछन् अघिल्लाे बेन्चका अघाएकै छन् अब भने पछिल्लाे बेन्चकाहरू पनि अघाउँछन् ह्वाँहाेरुलाई अब काराेबार गर्न सघाउँछन् ।

Nepal Telecom ad

हाेम सुवेदी :

मुद्दा गर्छन्
दुई दिन पाहुनाका रूपमा पर्छन्
अरबकाे भ्रष्टाचारमा
लाख बुझाउँछन्
धाउने कति कति !
छेउमा अदालतै आउँछन्
केही कालाकाेटले बाक्साभरि पाउँछन्
यिनले फैसला गर्नेलाई यथाेचित बुझाउँछन्
सांसदहरू कराउँछन्
त्यता पनि दस बीस हजार बुझाउँछन्
जेल पर्छन्
त्यता चाराे छर्छन्
भित्र हेर्न जान्छन्
बाहिर आउँछन्
काराेबार उसै गरी चलाउँछन्
यताका हन्तकालीले
निरन्तर ललिपप पाउँछन्
निकैले मुख बाउँछन्
अघिल्लाे बेन्चका अघाएकै छन्
अब भने
पछिल्लाे बेन्चकाहरू पनि
अघाउँछन्
ह्वाँहाेरुलाई
अब काराेबार गर्न सघाउँछन् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x