साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलेको आगाे

देशै खाने नीति थिति स्वाभिमानी बढे झुकादिए शिर जाबाे लम्पसार परे उठे हुने युवाहरू फटाहा डराउँथे गरी खाए मिठाे फल बाआमा रमाउँथे ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

कस्ता हुन् है मान्छे यिनी मान्छे सताउने ?
ढाँटी छली लुटी ठगी एक्लै रमाउने
लिपे पाेते रूपरङ्ग किरा ला त थेन ?
उस्तै रुखाे चाल ढङ्ग बानी सुध्रिएन

शक्तिकै छ बाेलबाला उसैलाई चैन
खेपिरहे निमुखाले कानुनी ती ऐन
बलेको रे आगाे ताप्ने सल्काउने अर्कै
रमाउने आसेपासे दुख पाउने जन्तै

जितेँ भने बालकलाई वीरता देखाए
झुक्याएर बुढाबुढी युवा पाे रमाए ?
शुल्क लिने सेवा दिने थिति कतै छैन
सज्जनले खुसी हुन ठावै पाइँदैन

प्रकृति नै उस्तो हाे कि काटे साेझा रुख
काँडा-पात छली छली निमाेठ्दिए फूल
धूर्त छुसी प्रवृत्तिले संवेदना खायाे
बढिरहे स्वार्थीहरू नैतिक हरायाे

के गरी हाे बचाउने विवेक इमान ?
जालझेल छक्का पन्जा मिचिए विधान
घाइते पारे शासकले विधि र सज्जन
लुकी छिपी घुसै खाने गजबे चलन ?

देशै खाने नीति थिति स्वाभिमानी बढे
झुकादिए शिर जाबाे लम्पसार परे
उठे हुने युवाहरू फटाहा डराउँथे
गरी खाए मिठाे फल बाआमा रमाउँथे ।

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x