
बलेको आगाे
देशै खाने नीति थिति स्वाभिमानी बढे झुकादिए शिर जाबाे लम्पसार परे उठे हुने युवाहरू फटाहा डराउँथे गरी खाए मिठाे फल बाआमा रमाउँथे ।

डा. छायादत्त न्याैपाने :
कस्ता हुन् है मान्छे यिनी मान्छे सताउने ?
ढाँटी छली लुटी ठगी एक्लै रमाउने
लिपे पाेते रूपरङ्ग किरा ला त थेन ?
उस्तै रुखाे चाल ढङ्ग बानी सुध्रिएन
शक्तिकै छ बाेलबाला उसैलाई चैन
खेपिरहे निमुखाले कानुनी ती ऐन
बलेको रे आगाे ताप्ने सल्काउने अर्कै
रमाउने आसेपासे दुख पाउने जन्तै
जितेँ भने बालकलाई वीरता देखाए
झुक्याएर बुढाबुढी युवा पाे रमाए ?
शुल्क लिने सेवा दिने थिति कतै छैन
सज्जनले खुसी हुन ठावै पाइँदैन
प्रकृति नै उस्तो हाे कि काटे साेझा रुख
काँडा-पात छली छली निमाेठ्दिए फूल
धूर्त छुसी प्रवृत्तिले संवेदना खायाे
बढिरहे स्वार्थीहरू नैतिक हरायाे
के गरी हाे बचाउने विवेक इमान ?
जालझेल छक्का पन्जा मिचिए विधान
घाइते पारे शासकले विधि र सज्जन
लुकी छिपी घुसै खाने गजबे चलन ?
देशै खाने नीति थिति स्वाभिमानी बढे
झुकादिए शिर जाबाे लम्पसार परे
उठे हुने युवाहरू फटाहा डराउँथे
गरी खाए मिठाे फल बाआमा रमाउँथे ।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest