साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्तव्यबोध

पहिले पहिले उनले पारिवारिक दायित्व वाेध गरेकी थिइन् । तर सङ्गतले बिस्तारै उनी अलि खर्चालु बन्न थालिन् । यसै विषयलाई लिएर पटक पटक उनीहरू विच ठाकठुक पनि पर्दथ्याे ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

देवेन्द्रले सधैं महिनाकाे पहिलाे हप्ता तलव थाप्न पाउथेँ । आफूलाई एक दुई हजार राखेर उनले सब‌ै रकम श्रीमती निलमकाे
हातमा थमाइ दिन्थे । पहिले पहिले उनले पारिवारिक दायित्व वाेध गरेकी थिइन् । तर सङ्गतले बिस्तारै उनी अलि खर्चालु बन्न थालिन् । यसै विषयलाई लिएर पटक पटक उनीहरू विच ठाकठुक पनि पर्दथ्याे ।

महिनाकाे तेस्राे शनिवार छाेराकाे विद्यालयमा परीक्षाफल लिनजानु पर्ने रे जसकाे लागि शुल्क बुझाउनु पर्ने चिठी छाेराले देवेन्द्रलाई दियाे । कार्यालयमा जाँदा विद्यालयमा पसेर पैसा तिर्ने मनसायले देवेन्द्रले निलमसँग पैसा मागे । तर निलमले भनिन् “पैसा छैन ।”

देवेन्द्रले साेधे कसरी सिद्धियाे सबै पैसा ? निलमकाे सहज जवाफ आयाे । “काेराेनाले गर्दा ब्युटी पार्लरकाे पनि सबै कुरामा भाउ बढेछ ।”

“अनि ब्युटि पार्लर चाहिँ किन जानुपरेकाे नि त्यत्राे पैसा खर्च गरेर ?”

“तपाईं कुरै बुझ्नु हुन्न मितिनीकाे बहिनीकाे बिहेमा जानु परेन !” ।

देवेन्द्रले अलि कड्केर जबाफ फर्काए । “छाेरा छाेरीकाे रिजल्ट पनि त्यही अनुहार देखाएर ल्याए भइहाल्यो नि ।”

देवेन्द्र कार्यालय हिंडे । आफ्ना छाेराछाेरीकाे नतिजा लिन भनी छिमेकीहरू विद्यालय गए । निलमकाे छाेराछाेरीले “ममी हाम्राे परीक्षाफल लिन विद्यालय जाने हाेइन” भन्न थाले । निलमलाई बल्ल आत्मग्लानी भयाे । उनी हातमा सानाे गहनाकाे पाेकाे बाेकेर हतार हतार सुन पसलतिर लागिन्।

०००
कलङ्की काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
कस्ताे प्रजातन्त्र हाे ?

कस्ताे प्रजातन्त्र हाे ?

कमला पन्थी अधिकारी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x