साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जान्न वृद्धाश्रम

संसारी सुखभोग भित्र रहँदा माया भयो आर्जन छाडी वृद्ध हुँदा अलग्ग रहँदा होला दुःखी जीवन तोकेको अघि शास्त्रले मन छुने हाम्रो गृहस्थाश्रम राम्रो लाग्दछ जान्न जान्न दुलही त्यो व्यर्थ वृद्धाश्रम ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

चाहेका चिज पूर्ण छन् छ गरिमा मात्रै-व्यवस्थापन
राम्रो गर्न नसक्नु यो मनुजमा आफ्नै हुने कारण
गाह्रो हुन्न यथार्थ चिन्न सकिए हाम्रो बुढ्‌यौलीपन
मायाभित्र विशेषता मन छुने भेटिन्छ आकर्षण ॥२३०।।

नातादार कुटुम्ब मित्र अथबा आफ्ना सबै बान्धव
आऊन् वृद्ध मुहार हेर्न घरमै सन्तोष मानून् अब
पाऊँ तीर्थ समानको कदर यो आफ्ना हितैषीसित
मानून् दर्शनबाट हर्ष मनमा सद्भाव होस् सञ्चित ।। २३१।।

संसारी सुखभोग भित्र रहँदा माया भयो आर्जन
छाडी वृद्ध हुँदा अलग्ग रहँदा होला दुःखी जीवन
तोकेको अघि शास्त्रले मन छुने हाम्रो गृहस्थाश्रम
राम्रो लाग्दछ जान्न जान्न दुलही त्यो व्यर्थ वृद्धाश्रम ।।२३२।।

आफ्ना सन्तति पुत्रसाथ तनुजा हुन् प्राणका धड्कन
माया हुन्छ बराबरी हृदयमा सद्भाव सम्मोहन
कोहीमा तर भित्र हुन्छ ममता देखिन्न त्यो बाहिर
कोहीमा अब बाहिरी छ करुणा भित्री समस्या तर ।।२३३।।

मायाका अति भिन्न लक्ष‌णहरू हुन्छन् सबैका घर
माया हो परिवारको मखमली माला ठुलो सुन्दर
टुक्रा छन् मुटुका सुपुत्र तनुजा छन् प्रेरणाका भर
माया बस्दछ पत्रपत्र दिलमा यो भुल्न को सक्छ र ? ।।२३४।।

छोरीका दिलमा छ प्रेम गतिलो छर्लङ्ग देखिन्न र ?
बा आमासँग हुन्छ भित्र ममता निस्कन्न खै बाहिर
छोरीको जति प्रेम बाहिर भयो बाबा र आमासँग
उल्टो हुन्छ सुपुत्र साथ करुणा देखिन्छ- त्यो बाहिर ।।२३५।।

मायाभित्र अतीव हुन्छ खँदिलो छोराहरूमा पनि
चाहन्नन् तर पोख्न बाहिर सदा छर्लङ्ग राम्रो गुनी
प्रष्टा-प्रष्ट हुँदैन यो विषयमा हाम्रा कसैका घर
उब्जिन्छन् दुविधा अचानक भरे थाहै नपाई तर ।।२३६।।

बा आमासँगमा हुँदैन यसको मैलो बढार्ने कला
पुग्दैनन् क्षमता मिलाउनु कता झन् खिन्न लाग्ने पला
सोचून् यी मुटुका अशेष जतिले मैलो नहोस् भावना
भित्री भेद खुलून् सफा हृदय हुन् मेरो यही कामना ।।२३७।।

०००
वधू मन्जरी, (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x