साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चितुवा पालेर

काटेझै काँक्रो चिरेर देश, मधेस काटियो समृद्ध सुखी नाउँमा हीरा, काँचमा साटियो । घन्काई नारा जनता सारा दिनहुँ ढाँटियो आखिर नून ढिकोमा चूक अमिलो चाटियो ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

छालाको जुत्ता कुत्ताले खान्छ, खाँदैन मान्छेले
पोसिलो मीठो रहन्न बाँकी खाएर भान्छेले ।
जनता भोको, बोकेर डोको दस्तुर तिर्दैछन्
महलमाथि मोज र मस्ती गर्नेले पिर्दैछन् ।

पिरलो खप्न नसकेपछि आक्रोस पोखियो
तुलामा भ्रष्ट तन्त्री र मन्त्री राखेर जोखियो ।
भकारीभरि छ कमिसन विमर्श भारी छ
भ्रष्टको भयो ओजन भारी, आदर्श पारि छ ।

दकसमाथि सकस थपी राइफाँडो पारियो
राष्ट्रिय धन कुम्ल्याईकन मुकाम सारियो ।
देशको नक्सा काटेर खाने टाउके मस्कियो
लिम्पियाधुरा चरक्क चिर्दा मुटु नै चस्कियो ।

काटेझै काँक्रो चिरेर देश, मधेस काटियो
समृद्ध सुखी नाउँमा हीरा, काँचमा साटियो ।
घन्काई नारा जनता सारा दिनहुँ ढाँटियो
आखिर नून ढिकोमा चूक अमिलो चाटियो ।

आमा र देश काटी र कुटी काटेर देखाए
शक्तिमा उनै बसेर फेरि लुटेर बिताए ।
भतुवा भान्छे, विकुवा मान्छे विजुली बालेर
नफालेसम्म बन्दैन देश चितुवा पालेर ।

०००
रानीवन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x