साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (४६)

यहाँ उल्लेख जेजे छ सबै पत्याउने गर मुला चिन्ह पर्‍यो मेरो भोट देऊ सरासर । अन्त्यमा गोप्यता राख यौटा बात बताउँछु मलाई भोट चाहिन्छ आऊ चारो चटाउँछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

स्वास्थ्य संस्थाहरू खोल्छु सबैलाई जचाउँछु
रोगलाग्नेहरू मर्छन् निरोगी म बचाउँछु ।६०१

सक्छु शान्ति सुरक्षाको राम्रै मेसो मिलाउन
पिसिन्छन् घुनझैँ निर्धा चोर सक्छु लुकाउन ।६०२

मान सम्मानमा लाग्छु शुद्ध भन्दा अशुद्धको
हत्याहिंसा गरे हुन्छ नाम लिएर बुद्धको ।६०३

शान्ति शान्ति भनी थाल्छु छर्न आतङ्क गाउँमा
हातगोडा सबै भाँच्छु खोर्सानी दल्छु घाउमा।६०४

बिकास बेस्सरी गर्छु स्वर्ग लान्छु परे सिधै
अशान्ति कसरी हुन्छ बज्रमुक्का दिँदादिँदै ।६०५

बुद्धको ज्ञान सम्झेर हतियार उज्याउँला
अहिंसा परमोधर्म लाशलाई सुनाउँला ।६०७

मुर्दाको चाङ लाएर शान्तिको गीत गाउँछु
यही सिद्धान्त घोकेर राजकाज चलाउँछु ।६०८

असाध्यै ध्यान राखेर स्वार्थलाई सिंगार्छु म
स्वार्थले साथ छाडेमा नाकमुख बिगार्छु म।६०९

भित्री भक्त म पैसाको देशभक्त म बाहिर
यस्तो सिद्धान्त बोकेकोले बाठो मनैछु आखिर ।६१०

यस्ता कर्म छिटो पूरा गर्ने मेरो छ चाहना
बाहिरी कर्मको बोक्रो मात्र हुनेछ बाहना ।६११

मेरो यो घोषणापत्र झुठो पटक्क होइन
प्रतिबद्ध यसैमा छु छोड्ने चटक्क होइन। ६१२

मलाई भोट हालेर भाग्यमा ठोक बन्चरो
झुक्याएर जितौ भन्छ म भित्रको नकच्चरो ।६१३

यहाँ उल्लेख जेजे छ सबै पत्याउने गर
मुला चिन्ह पर्‍यो मेरो भोट देऊ सरासर ।६१४

अन्त्यमा गोप्यता राख यौटा बात बताउँछु
मलाई भोट चाहिन्छ आऊ चारो चटाउँछु । ६१५

इति धरोधर्म पुराण समाप्त

०००
चाँगुनारायण, भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x