साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कट्टू क्रान्ति

हे झुम्रे सुरुवाल हो भुवनमा तिम्रो ठुलो सान छ झन् थोत्रे हुन गो भने मनुजमा सत्कार सम्मान छ भित्रीका परिधान हो उठ सबै हाम्रो ठुलो मान छ ढाकी इज्जत जेल भित्र नबसौं यो एक आह्वान छ ॥

Nepal Telecom ad

हाेम सुवेदी :

सुरुवाल पैन्टहरु छिँडै छिँड पर्दा हुनेबारे कट्टूले पनि सोही कुराको मागः

हे धोक्रे सुरुवाल हो अब छिटै फाटेर कट्टू बन
मेरो ठाउँ लिएर गोप्य थलको आजन्म लट्टू बन
छातीका परिधान हो तिमी पनि हज्जार च्याङ्ला हुनु
सारा इज्जत पोखी यो सडकमा छाडेर डाको रुनु ॥

भन्नै केही रहेन दिक्क म भएँ के भन्नु बेसर्ममा
मैले मात्र कुरेर बस्नु कति हो यो भित्रको गर्ममा
पाऊँ शीघ्र म शीघ्र पाऊँ प्रभु हो आकाश त्यो च्याउन
कट्टू खुस्किनु पर्छ हे मनुज हो क्रान्ति नयाँ ल्याउन ॥

चाहेको छ भनेर यो बुझिदिनू थोत्रो र फ्याङ्लो हुन
यिन्को इज्जत ढाकिबस्नु कति हो चाहन्छु च्याङ्लो हुन
धोक्रे हे सुरुवाल हो तिमीसँगै चाँँहें अझै फुक्लिनँ
नौलो क्रान्ति छ गर्नु यो मनुजमा उन्मुक्तता पाउन ॥

यो मेरो अधिकारको विषय हो धोक्रेहरू हो सुन
मैले मात्र सहेर बस्नु कति हो तातेछ मेरो खुन
छिद्रै छिद्र भएर कोही रहने सग्लै म बन्ने किन
तातो गर्मी र गन्धको भुँवरीमा भो भो यहाँ बस्तिनँ ॥

धोक्रे हो सुन यो म गर्छु अहिले मेरो छ यो घोषणा
मैले पर्दछ छोप्नु नित्य कसरी यिन्का सबै एषणा
तिन्का इज्जतलाई ढाकी म भने यो जेलमा बस्नु छ
सग्लो बन्नु भएन आजित भएँ मैले घुँडा धस्नु छ ॥

हे झुम्रे सुरुवाल हो भुवनमा तिम्रो ठुलो सान छ
झन् थोत्रे हुन गो भने मनुजमा सत्कार सम्मान छ
भित्रीका परिधान हो उठ सबै हाम्रो ठुलो मान छ
ढाकी इज्जत जेल भित्र नबसौं यो एक आह्वान छ ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x