साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भद्राचारदेखि भ्रष्टाचार …

भ्रष्टाचारको प्रभाव गलत नीतिगत निर्णयदेखि राजस्व परिचालन, वैदेशिक सहयोग, ॠणको गलत उपयोग तथा विकास निर्माणको काममा चरमचुलीमै पुग्यो । "माछा पोखरी खनियो, पुरियो, तर न खनिए छ, न पुरिएछ...!"

Nepal Telecom ad

ई. कुमार खड्का : 

“जमाना के भो ? कालेलाई कालू भन्न नपाइने हो ?
उच्छृङ्खल, अस्थिरलाई चालू भन्न नपाइने हो ?
छड्के दृष्टि गर्दा आँखा तरेको आरोप लाउछन्,
सारा तैनाथ गर्नेलाई ठालु भन्न नपाइने हो ।?”

प्राथमिक स्कुलमा कक्षा २/३ पढ्दाको एउटा घटनाको याद आउँछ । कक्षामा एकजना साथीको कलम चोरी भयो, चोर पत्ता लाग्यो, कसैले केही नभन्ने सर्तमा सरले कुरा मिलाउनु भो । तर फेरि अर्को साथीको पनि कलम हरायो, उस्ले चोरेको त रहेनछ, दोष उसैलाई लगाइयो । उस्ले चित्त दुखाउदै र रुँदै ‘हैन’ भनेर प्रतिकार गरे पनि कसैले पत्याएनन् ।

“एउटा कलम एकचोटि चोरेको हो, जहिले पनि साथीहरु मलाइनै आरोप लगाएर चोर चोर भन्छन् सर… !” साथीले रुँदै रुँदै सरलाई गुनासो गरेको सम्झदा अहिले पनि हाँसो लाग्छ । त्यो एउटा प्रतिकात्मक घटना भनौं । पटके चोरले पनि भन्ने त्यही हो । तर एक पटकको चोर सधैंको चोर हो भन्ने भान प्राय: सबैमा हुन्छ नै ।

खीरपाक ताउली र डलर हग्ने भालुको कथा पढेका हामी, छु मन्तर गरेर जादुमयी छडीले सारा सम्पन्नताको सपना देख्ने दरिद्र सामाजिक रोगको प्रभाव कडा हुँदा यथास्थितिमा सुधार्न त्यति सजिलो छैन भन्ने लाग्छ । जीवन दर्शनको ज्ञान, नैतिक शिक्षा लगायत आफ्नै मौलिक संस्कार, संस्कृतिलाई अङ्गालेर स्वपौरखमा रमाउदै अघि बढ्न प्रेरणा दिने घर, परिवार, समाजनै आयातित नक्कल र देखावटी नसामा लट्ठ भैरहँदा चोरी, ढाँटी, अविश्वासको परिस्थिति मौलाउनु अस्वभाविक पनि हैन ।

शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकारका तीन अङ्ग र चौथो अङ्ग भनिने पत्रकार जगतको कृयाकलाप पनि प्राय: धुमिल र अविश्वसनियता बढ्दै गएपछि के हुन्छ कल्पना गरौं ! तब, महान मन्टेस्क्यूले भनेझैं जनताका हक, मानव अधिकार निसृत प्रायः हुन्छन् । छैठौं भाग स्याहारेर शान्ति, सुरक्षाको जिम्मा लिने सरकार निरङ्कुश हुन्छ, त्यहाँ जे सुकै र जस्तोसुकै घटना समाचार बन्न सक्छ । प्रजातन्त्रको साटो भीडतन्त्र, लोकतन्त्रको सट्टा अराजकता र गणतन्त्रको साटो अतिवादको सृजना हुन्छ । व्यभिचारीको जन्मभै दाताकै आमोदप्रमोद, सुरक्षा, भ्रमण तथा अनेक खाले लुटमा राज्य ढुकुटी दहन हुनथाल्छ । विरोधीहरुलाई राज्य विप्लवको आरोप र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र विरोधी बिल्ला भिराई दमन हुन्छ । कतिपय सन्दर्भमा छोरी कुटेजस्तो गरेर बुहारी तर्साउने रियलसल समेत गरिन्छ । अहिले यहाँ यस्तै भैरहेको छ ।

धुमिल वातावरण र निहित स्वार्थको लगावको कारण मान्छेहरुको नैतिकता ह्रास हुने, बहुसंख्यकले बाँच्नकै लागि गलत प्रतिस्पर्धामा सामेल हुनुको कारण समाज दुराचारको दलदलमा भासिदै छ । प्रत्येक मान्छे आफ्नो शक्ति र क्षमता मुताविक निश्चित लाभ प्रभावको दायरा बनाउनमै चिन्तित छन् । एकजना इमान्दार किसान, मजदुर पनि हातमा केही पर्ने बित्तिकै यथासक्य टिकाउको धरातल बनाउने क्रममा स्वार्थ लिप्साको खेलो गर्न वाध्य हुन्छन्, चाहे त्यस्को दायरा, प्रभाव न्यून र सिमितनै किन नहोस् । कर्मचारी, नेता, दाता, विधाताहरुको त कुरानै बेग्लै हुन्छ । हातमा केही हुने र माथि पर्ने “ह्याण्डसमहरु” को प्रभाव झन् त्यतैतिर उन्मुख हुन्छ, आ आफ्नो औकात, बुद्धि र क्षमताको आधारमा । तिनै क्रियाकलाप सामाजिक संस्कार र जिजीविषाको रुपमा प्रस्तुत भैरहेका हुन्छन्, र मान्यता प्राप्त छन् सायद !

“धुतेरै चक्मा दिएका छन् सक्षम बौद्धिक जनले
टेडोमेडो नगर्दा निरीह भए, संस्कारित मनले
लुटेर खानुमै गर्व गर्दैछन्, बुद्धि विलासहरु
नसकेरै हो पचाउन कस्लाई पुग्छ र धनले ।?”

एकाथरी भन्छन्, भ्रष्टाचारको मुख्य स्रोत राजश्व दहन, कर छली, बजेट रकमको गलत प्रयोग, अन्तर्राष्ट्रिय सहयोग, अनुदान वा ऋण रकमलाई गलत हिसाबले लगानी प्रतिफलको दायरामा ल्याएर गरिने लगानी लगायत नीतिगत रुपमानै गरिने गलत कृयाकलापहरु र विकास, निर्माणमा हुने गरेका र भए गरेका विभिन्न प्रकारका किर्ते, ठगी र गुणस्तरहिन निर्माण कार्य । वर्षौदेखि एकलौटी अनुदान वा सहुलियत ऋणको नाममा अर्को देशबाट रकम ल्याइरहन्छन् र विकास निर्माणको नाउमा राष्ट्रलाई भ्रष्टाचारको क्रीडास्थल बनाइरहन्छन् । अहिले यसैको सन्दर्भले बजार तातेको छ । अन्तर्राष्ट्रिय साख गिरेको भान हुन्छ । देश ग्रे लिष्टमा परेको छ । यो दुखद अवस्था हो ।

नेल्शन मण्डेलाले भन्नुभएको छ कि “कुनै पनि देश बर्बाद गर्न अणुबम हान्नु पर्दैन फगत त्यहाँको शिक्षा नीति ध्वस्त पारिदिए पुग्छ…।”
शिक्षासँग सारा कुराहरु जोडिएका छन् । अहिले त प्रायोजित र गलत शिक्षा नीतिको कारण स्वास्थ्य क्षेत्र लगायत साहित्य, सङ्गीत र कलाको क्षेत्र समेत बर्बाद भैसकेको छ । लेख, रचना, नाटक टेलिसिरियल, पम्प्लेट पर्चाको छपाइ र ” चर्पीमा दिशा गरौं, साबुन पानीले हात धोऔं …” भन्नेसम्मका नितान्त मौलिक जनचेतनामूलक कार्यक्रम समेत डिप स्टेटका आङ्गिक निकायहरुले डलरको खेलो गर्दै सञ्चालन गर्नुमा समाजलाई परजीवी संस्कारमा लिप्त बनाएर एकाध शक्तिको कमाउ खेलोमा परिणत भएको हो कि भन्ने भान हुन्छ ।”

“जो जसले शक्ति केन्द्रमा पहुँच राखे, ठेक्का पाए, हात लाए, खाए…!” यसमा कसैको बिरोध गर्नु पनि ठिक छैन, नत्र उत्पात हुन्छ भन्छन्, बुज्रुकहरु । पुरानो उखान याद आयो, “जस्काे लाठी उस्को बन, जस्को शक्ति उस्को धन…!” उनै परजीवीका क्षमताले अहिलेसम्म देश चलेको हो, अब चल्न सक्दैन, पो भन्छन् । भनिन्छ, झन् कुत्तेका दान प्राप्तिको हैसियत बनाउनेहरुसँग के कुरा गर्नु र ? ” पन्छनु शिवाय, छैन उपाय…!”

अर्काथरी भन्छन्,
“पहुँच नहुनेहरुको रुवावासी र विरोध थियो पहिले भाग खोसियो, भाग रोकिनेमा औडाह छ ऐले …?” कुरो ठिकै पनि हो । वास्तवमा, जे भने पनि मानविय स्वार्थका प्रवृत्तिहरु, पराधिन मानसिकता र रातारात करोडपति बन्ने धुननै भ्रष्टाचारका असिमित कारणहरु हुन् । भ्रष्टाचारका खहरेहरु डार्विनले जीव विकासको सिद्धान्तमा भनेझैँ “फालिएको कपडा र त्यसभित्र बेरिएको दानाको कारण उत्पति भएका अवसर खोजीका मुसा जस्तै हुन् ।

भ्रष्टाचार पनि देखावटी विकास, महत्वाकांक्षी भावना र प्रवृत्ति, गलत नेतृत्व, वातावरण, अस्वस्थ प्रतिस्पर्धा, नैतिक शिक्षाको कमि, सुशासनको अवस्थामा निर्भर हुने गर्छ । धमिलो पानीमा माछा मार्ने धेरै हुन्छन्, कुरा त्यहि हो ।” कुनै पनि पदार्थको मास जिरो भयो भने त प्रकाशको गतिमा अन्तरिक्ष यात्रा गर्न सक्छ नि ! तर त्यो सम्भावना रहेन । त्यस्तै भ्रष्टाचार शून्यताको कुरा गर्नेहरुको कुरा त्यस्तै परिकल्पनासँग मिल्छ, किनकि मानविय दिमागी प्रवृत्ति स्वार्थ विहिन हुननै सक्दैन ।” असल राज्यले कानूनी बारनै लगाएर न्युनीकरण गर्नुपर्ने हुन्छ, त्यो केवल “माकुराको जाल, झिङ्गाको काल…” मात्र सावित भएको छ ।

स्वार्थ प्रवृत्ति मात्र हैन, प्रकृति हो । मान्छे जन्मदै स्वार्थी भएर जन्मन्छ । बच्चाले आमाको एउटा स्तनपान गर्दा अर्को स्तन खेलाउदै नियन्त्रण गर्छ, हात छुटाउदा रुने गर्छ । सायद, त्यो स्वार्थ प्रकृति मात्र हो । मास्लो, म्याकग्रेगरको उत्प्रेरणा तथा आवस्यकताको सिँढी चढ्न पाउने सिद्धान्त अन्तर्गत मानिसको न्युनतम जीवन वृत्तिका पूर्वाधारहरु तयार हुनुपर्छ, तब मात्र नैतिकताका धरातल समेत बलियो, टिकाउ र भरपर्दो हुन्छन् ।

यसो हेर्दा ठूलो रुखको मुनि रहेको सानो वृक्षले छहारी पाएझैं लाग्छ, तर भित्रभित्रै सानो वृक्षको जरामा रहेको माटोको मल, पोषण लगायतका खनिज ठूलो वृक्षको जराले एकलौटी स्याहारेको कुरा बाहिरी आँखाले देखिदैन । देखिने भन्दा नदेखिने कृया, कर्महरु ज्यादा से ज्यादा हुन्छन् ।

पारदर्शिता, जवाफदेहिता, प्रभावकारिता, प्राविधिक परिक्षण लगायत लगानी प्रतिफलको लेखाजोखा पनि नितान्त औपचारिकतामा मात्र सिमित भएको र हात माथि हुनेले खेलोफड्को गर्ने पासो मात्र प्रमाणित भएको कुरा चरितार्थ भएको छ । भ्रष्टाचारको प्रभाव गलत नीतिगत निर्णयदेखि राजस्व परिचालन, वैदेशिक सहयोग, ॠणको गलत उपयोग तथा विकास निर्माणको काममा चरमचुलीमै पुग्यो । “माछा पोखरी खनियो, पुरियो, तर न खनिए छ, न पुरिएछ…!” यस्ता घटनाहरु बग्रेल्ती छन् । “बोल बोल मछली मुखभरी पानी !” के गर्नु ?
“नदी नाला प्रशस्त छन् मनुष्य सुक्छ्न् प्यासले
कृषिप्रधान देश हो यो जनता मर्छन् भोकले …!”
श्रोत, साधनको अपर्याप्तता भन्दा पनि सन्तुलित र न्यायोचित वा अपेक्षित र सापेक्षित वितरणको कमि वा हात माथि हुनेहरुको पक्षपातपूर्ण र निर्घिणी व्यवहारको कारण पनि दरिद्रताको अवस्था सृजना भएको हो जस्तो लाग्छ । त्यसैले भन्न मन लाग्छ कि
भ्रष्टाचार …??
कसैले औंला ठड्याएर गरे
कसैले जिब्रो लडाएर गरे
टाउको जोरेर साउतीमा कसैले
केहिले बोलीमा पाइन चढाएर गरे ।

कतै हुकुम प्रमाङ्गी दिलाएर गरे
कतै त्यसैको जर्ती स्याहारेर गरे
शक्ति हुनेले हाकाहाकी गर्दा
धूर्तले भित्री सन्तुलन मिलाएर गरे ।

साँध, कान्ला ताछेरै गर्छन् कोही
मैनाझैं झुठो बासेरै गर्छन् कोही
केही छेउ, कुना मिलाएर गर्ने हुन्छन्
बीउ र बोटनै मासेर गर्छन् कोही ।

कसैले कुवा, पोखरी खनेरै खान्छन्
कसैले पुरेर वा मुहान थुनेरै खान्छन्
आ आफ्नै विशेषता छन् विधि, प्रकृयामा
चुनिएर खान्छन् कोही चुनेरै खान्छन् ।??

तर हात माथि पार्नसक्ने र प्रभाव हुनेलेनै खान्छन् ।

अन्तमा…
सोच्नु त ? हाम्रा त अभिभावक अविवेकी भए, हामी अनुशासनहीन र निरीह भयौं, घर बिग्रदै गयो । कुरो गरि साध्यनै भएन …! नीति कथाका स्यालले झैँ गीत गुनगुनाउनु पर्यो…

“बिग्रेको घरको भत्केको चाला
ढोकानै भत्किदा केको चाबी ताला ?
हालत हालसाविक भो, जोगी र मगन्तेझैँ
जहाँ जाला, जे खाला, फट्कार छाला ।”

अवस्था यस्तो छ । सुधारमात्र हैन नयाँ क्रान्तिको आवस्यकता छ । आशा गरौं ! भ्रष्टाचारी, दुराचारी बाहेक सबैको जय होस् !! अस्तु…!!!

०००
आलापोट, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x