साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरायो प्रजातन्त्र यो देशबाट

यहाँ शक्ति देखाउनेको छ राज तिनैका पछाडि स्वयं झुक्छ आज मिले माथि आफै लगाएर भाग स्वयं लाज भाग्दैछ मानेर लाज ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

म निँद्रा नपुग्दै उठेँ नीँदबाट
भिजेको थियो स्वेदले यो ललाट
हरायो स्वयं स्वार्थ बोकी समाज
पुगेको थियो स्वप्नमा देश घाट ।

उठी हेर्न थालेँ उघारेर झ्याल
सधैँ हाँस्न जान्ने रुँदैथ्यो हिमाल
थियो सुँक्सुँकाई रहेको बतास
सबै तर्फ देखेँ हतासै हतास ।

पहाडी मुनाले भुले खेल्नलाई
नदीले भुले बग्न नै छङ्छँगाई
खुसीमाथि हाबी हुँदैछन् उदास
समस्या बसे मित्रझैँ आसपास ।

नयाँ कोपिलाले यहाँ फुल्न छाडे
फुलेकाहरूले खुसी भुल्न थाले
स्वयं बन्द कैदी बनेको समाज
डराएछ अन्योलमा हेर्छ आज ।

यहाँ शक्ति देखाउनेको छ राज
तिनैका पछाडि स्वयं झुक्छ आज
मिले माथि आफै लगाएर भाग
स्वयं लाज भाग्दैछ मानेर लाज ।

यही दुर्दशा देशको हेर्नलाई
उठाए यहाँ शत्रुले घेर्नलाई
बिगारेर भन्छन् भयो के मबाट
हरायो प्रजातन्त्र यो देशबाट ।

०००
झापा, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x