साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चित हुने काइदा

मौकावादी बन्नुपर्छ पुरस्कार पाउन जाँगरिलो हुनुपर्छ ठाउँ - ठाउँ धाउन जति-जति धाउन सक्यो उति फाइदा गर्छ यति काइदा जानेपछि तक्मा पनि झर्छ ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

छन्द, रस, अलंकार पर-पर सार्नु
नबुझिने भाषा लेखी अलमल्ल पार्नु
हिन्दी, उर्दू, अंग्रेजीको उल्था गर्नु अनि
आफ्नै नाउँमा छपाउनु आफ्नै कृति भनी ।

लक्षणा र व्यञ्जनाले अर्थ खुल्नु हुन्न
दर्जा हेरी पिलाउनु हुने गरी टुन्न ।
विश्लेषण गराउनु बनाएर ग्याङ
आफूआफू मिली आफ्नै फुक्नुपर्छ ढ्वाङ ।

जति चोर्न सक्यो उति चर्चा ठूलाे हुन्छ
जति लुट्न सक्यो उति ख्याति प्राप्त हुन्छ
गिराएर छाड्नुपर्छ पद्य – कविलाई
जस्तो पनि बोल्नुपर्छ चर्चित हुनलाई ।

आफ्नो ग्याङ बाहिरका कविलाई न्याक्नु
सरल र सरसिला काव्यलाई फ्याँक्नु
लय – युक्त कविताको जरो समेत खन्नु
जस्तो मौसम बदलिन्छ तेस्तै-तेस्तै बन्नु ।

चहकिला कृति पाए फायलमा दाप्नु
आफ्नो संस्थाबाट आफ्नो कृति मात्र छाप्नु ।
चाकडी र चाप्लुसीको जान्नुपर्छ कला
शक्तिमाथि भक्ति गाउने हुनुपर्छ गला ।

मौकावादी बन्नुपर्छ पुरस्कार पाउन
जाँगरिलो हुनुपर्छ ठाउँ – ठाउँ धाउन
जति-जति धाउन सक्यो उति फाइदा गर्छ
यति काइदा जानेपछि तक्मा पनि झर्छ ।

०००
रानीवन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x