
नारदको प्रश्न !
हजुर एक रूप अनेक, किन माता ? किन ?" नारदको कुरा सुनेर तीन देवी नै मज्जाले हाँसे, कपिल कमेडीकी अर्चना जसरी ।

धनराज गिरी :
दीर्घकालपछि नारदलाई फेरि धरतीको सम्झना आयो। कलियुगमा उनी त्यति आएनन् धरतीमा। यतिखेरका मानिस अति चलाख भन्ने कुरा उनलाई “धमलाको हमलाले” सिकाएको थियो। आखिर उनी पनि त पौराणिक युगको पत्रकार नै हुन्, मार्क टेली, होइनन् झेली ! आए धरतीमा, रूप बदलेर। कतै कवि बने, कतै नेताको सल्लाहकार, कतै कृष्ण कँडेल, कतै सन्दुक रुइत, गजलकार पनि बने। प्राध्यापक बन्न पनि भ्याए। उनको क्षमता, हरेक घरमा रहेकी खास “लक्ष्मी मातालाई” चिने। नमन गरे। तीन लोक भ्याएर एकान्तमा बसेपछि उनको मनमा एक प्रश्न आयो, “यस्तो किन भयो ? माता लक्ष्मी एक, रूप अनेक किन ? “ओरिजिनल लक्ष्मी मातालाई सोध्ने विचार गरेर फर्किए नारायणपुर,अर्थात् “बैकुण्ठ धाम !”
“नारायण, नारायण !” पुगे प्रभु विष्णुको बैठक कक्षमा। “हे मुनि, आजसम्म कता हो ? न लाइक, न कमेन्ट, न शेयर, न हियर,न दियर, कता हौ तिमी ? कि एस डी मुनि र क्वात्राले बोलाएर हो ? किन हो ? रिसाएको त होइन नि मशसित ?” प्रभु बोले। “नारायण, नारायण, म फेसबुक छुन्न नि प्रभु, हजुरसित किन रिसाउने ? हजुरसित रिसाउने र नारायणको दाजु, हजुरको दाजु,परशुरामनन्दन, डमरु, बघिनीनन्दन प्रोफेसर जगमोहन आजादसित रिसाउने पात्र वा पात्रा अभागी मात्र होइन, महाअभागी हो, म अभागी होइन, बागी पनि होइन। एउटा प्रश्नले पेल्यो, लक्ष्मी माता खोइ प्रभु ? मातालाई झुलुक्क एडिलेडमा देखेको हो, फेरि गायब। फिन्ली पनि पुगियो। अचम्म भो प्रभु ! खोइ माता ?”
” उनी टिकटकमा व्यस्त,बाहिर बाटिकामा! ” नारद लागे बाटिकातिर। सरस्वती र पार्वती पनि हाजिर। तीन देवी,मस्त ! नमन गरे नारदले। ” ओहो,मुनिवर,अनुहार किन त्यस्तो? भन के समस्या पर्यो?” लक्ष्मी माता।
“हे माते लक्ष्मी,म हरेक घरमा बसेर आएको हुँ,धरतीमा गएर। हजुर फिन्लीको घर नम्बर ७५ मा त्यति गोरी र उज्याली, तर धेरै महलहरूमा एकदम अफ़्रिकी सुन्दरी, हीराकी माता जस्ती, कतै गोरी, कतै काली, घनश्याम, किन माते ? हजुर एक रूप अनेक, किन माता ? किन ?” नारदको कुरा सुनेर तीन देवी नै मज्जाले हाँसे, कपिल कमेडीकी अर्चना जसरी ।
उत्तर सरस्वतीको आयो,”हे सोझा सुकुम्बासी बाजे, जुन जुन घरमा शुद्ध पसिनाको कमाइ छ, व्हाइट मनी, हार्ड मनी, त्यो त्यो घरकी लक्ष्मी प्रोफेसर जगमोहन आजादकी बुहारी जस्तै उजेली, गोरी,र, यसको विपरीत, देशमारा, भाइमारा, शोषक, सामन्ती, फटाहा, माफियाहरूको कमाइ” ब्ल्याक मनी” कालो धन, अनि लक्ष्मी दिदी पनि काली ! यति कमनसेन्स पनि भएन त बाजे ?” “आहा, तत्वबोध भयो माते, जय होस् !” नारद उज्यालो अनुहार बनाएर फर्किए। देवीहरू टिकटकमा व्यस्त।
०००
बैकुण्ठनगर, बछौली चितवन
हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest