प्रा. कपिल अज्ञातयी हावाहरू
घरघरका झ्याल ढोकाहरू थर्काउँछन् शून्यमै गएर सिद्धिन्छन् । यी हावाहरू विचार नरहेपछि योजना नभएपछि सर्वत्र फैलिए पनि केही हुँदैन भन्ने बुझ्दैनन् ।

कपिल अज्ञात :
यी हावाहरू
कहिले हुरी बन्छन्
कहिले बतास बन्छन्
गन्तव्यहीन यी जता जान्छन्
उतै फस्छन्
यी हावाहरू, पोल भत्काउँछन्
पर्खाल भत्काउँछन्
घरघरका झ्याल ढोकाहरू थर्काउँछन्
शून्यमै गएर सिद्धिन्छन् ।
यी हावाहरू
विचार नरहेपछि
योजना नभएपछि
सर्वत्र फैलिए पनि
केही हुँदैन भन्ने बुझ्दैनन् ।
०००
भरतपुर -१२, चितवन।
Subscribe
Login
0 Comments
Oldest







































