साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्पताल जाँदा

बिरामीलाई त्यहाँ उपचार होइन, गोटी बनाइन्छ। अचम्म छ, मान्छेहरू उपचारका लागि पैसा तिर्छन्, अनि अनजानैमा आफ्नो किड्नी, कलेजो अनि कहिलेकहिँ त मुटुको टुक्रा नै पनि दान दिन पुग्छन्।

Nepal Telecom ad

उमेश रेग्मी :

दुइ हप्ता भइसक्यो देब्रे कान दुखेको। बल्ल बल्ल समय निकालेर अस्पताल जान ट्याम्पो कुरेर बसेको पनि आधा घण्टा भइसक्यो। ट्याम्पो आउँदैन। बैशाख महिनाको उखर्माउलो गर्मी, काठमाडौँको धुलो अनि धुँवा बिच ट्याम्पो कुरेर बस्दा दिक्क लाग्नु स्वाभाविक नै हो मलाई। त्यसमाथि घरि घरि श्रीमतीजीको फोनको उत्तर दिनु पर्दा दाहिने कान पनि दुख्ला झैँ भइसकेको थियो। जे जति सोध्नु पर्ने, घरमै हुँदा सोध्नु नि। जब घरबाट निस्क्यो अनि शुरु हुन्छ प्रश्न उत्तरको कार्यक्रम, झर्को नै लाग्ने कहिले कहिँ त। कान दुखेर जँचाउन जान लागेको मान्छे, कतै टाउको पनि दुख्यो भनेर जँचाउन पर्ला जस्तो भइसकेको थियो।

“जाने हो दाइ ?” अगाडि आएर ट्याम्पो रोकियो। महिला रहिछिन् चालक। पछिल्तिर पाँचजना वैंशले उन्मत्त भएका तरुनीहरु रहेछन्। हेर्दा सबै मेडिसिन पढिरहेका विद्यार्थीहरु झैं देखिन्थे। म चढ्न अघि बढेँ। “दाइ, तपाइँ पछाडि बस्नुस् न है ?”, एउटीले मुस्काउँदै अनुरोध गरी। म मुन्टो हल्लाउँदै घुस्रेँ उनले भनेको सिटमा।

मेरो अनुमान गलत थिएन। पाँचै जना अस्पतालकै नर्श रहेछन्। भर्खर पास गरेका रहेछन् भन्ने कुरा उनीहरुको संवादबाट प्रस्टिन्थ्यो। सेतो पहिरनमा सजिएका उनीहरु आफ्नै मजेदार गफमा मस्त थिए। उनीहरुको नाम जान्न सकिनँ मैले तर उनीहरुको गफमा आनन्द लिने अवशरबाट बन्चित भने भइनँ।

“ए हेर्न ! त्यो डाक्टर रबिन कस्तो डिस्गस्टिङ्ग भन्या। मलाइ हिजो आफ्नो वाइफ़को बारेमा चाहिने नचाहिने कुरा भन्दै थियो। आफ्नो फ्यामिलीको कुरा त फ्यामिलीमा नै सिमित राख्नु नि।”
“हैन के भन्यो तेस्ले ?”
“उ स्याटिसफ़ाइड छैन रे। तर मलाई किन सुनाको याज इफ म उसको गर्लफ्रेन्ड जस्तो।”

“बा बा ! के हो तँलाई त साइट हान्या जस्तो छ नि डाक्टर रबिनले।”

“माइ फुट ! मलाई झोक चल्ने कुरा नगर्न तँ। कहाँ त्यो बुढोसँग मेरो कम्प्यर गरिरहेको।”

“मेरो पनि कुरा सुनन, खाली आफ्नो मात्र साइट हान्या कुरा गर्छन्। आफूलाई त त्यो मोरो क्यान्टिन चलाउने म्यानेजर भनाउँदोले हुरुक्क पारी सक्यो। हिजो पनि चिया लिन गएको त क्या सेक्सी देखिएको भन्दै आँखा गाड्दै थियो मोरो।”

“तिमीहरु सधैं यसले साइट हान्यो र उसले साइट हान्यो भनेर बसिराख। आफूलाई मन परेको खोजेर खुरुक्क पट्ट्याउनु अनि मोज गर्नु नि मेरो जस्तो। आफ्नो त डाक्टर अशोकसँग बिन्दास रोमान्स चलिरहेको छ।”

“तेरो बिन्दास रोमान्स चाहिँ कहिलेसम्म हो नि ? बिहे गर्दैनौ ?”

“अहिले नै मोज छ। बिहे गरेपछि बेकारको टेन्सन मात्रै। उ पनि इण्टरेस्टेड छैन, मलाई पनि बुहारी भएर अनेक झन्झट सहनु छैन।”

“मोज मात्रै गर्दा कुरा बिग्रियो भने नि ?”

“बिग्रिने चान्स नै छैन। सधैं प्रोटेक्टेड हुन्छ क्या, बुझ्न तँ पनि यार।”

म उनीहरुको वार्तालापको भरपुर आनन्द उठाइरहेथेँ। उनीहरुलाई मेरो उपस्थितिले कुनै फरक पारेको थिएन। उनीहरुको कुरामा रमिरहेको मलाई यतिखेर कान दुखेको पनि हराएको झैँ भइरहेको थियो। तेहि दुखेको देब्रे कान थाप्न थाले म फेरि अरु कुरा सुन्ने रहरमा।

“हाम्रै वार्डमा अस्ति तेरो जस्तै प्रोटेक्टेड भनाउँदो केस आएको थियो अबोर्सन गर्नु पर्यो भन्दै। प्रोटेक्टेड भन्दा भन्दै कुरा बिग्रिन कति बेर लाग्छ र।”

“आफूले त अहिलेसम्म प्रोटेक्टेड होस् या अनप्रोटेक्टेड कुनै एक्सपीरियन्स नै गर्न पाएको छैन।”
हाँस्छन् सबैजना गलल एकछिन।

“एक्सपीरियन्स गर्न मन लाग्यो कि क्या हो ?”
“पहिला आफूले नै गर्नु नि ! कत्तिन मलाई सोध्ने भएकी नक्कली।”

“आफ्नो थ्योरी त बिहे गर्ने अनि रिअल एक्सपीरियन्स, बिफोर ड्याट हेल्प योरसेल्फ हो के।”

“यी वैंश चढेकाहरु जहिले पनि खाली यस्तै यस्तै कुरा गरिरहन्छन। मतलब छैन यिनीहरुलाई दायाँ बायाँ पनि कोहि छ भन्ने ।”

“नेचुरल हो नि दोस्त, के को मतलब। हैन त दाइ”, मतिर मुन्टो घुमाइ उसले। म मुसुक्क मुस्काएँ मात्र। केहि बोलिनँ। उनीहरुलाई भन्दा मलाई बढि लाज लागिरहेको थियो शायद।

लाजिम्पाट पुगेर ट्याम्पो रोकियो। भित्र रहेकाहरु जस्तै पोशाक पहिरेकी एउटी अर्की उक्ली “हाय गर्ल्स !” भन्दै।

“आज त सबै जना एउटै ट्याम्पोमा रहेछौ। प्लान गरेर चढेको हो कि क्या हो ?” उमेरमा अलि पाको देखिन्थिन् उनी।

“होइन दिदी कोइन्सिडेन्ट मात्र हो। अनि दिदीलाइ नभेटेको पनि ४/५ दिन भइसक्यो, के छ हालखबर ?”

“ल ! तिमीहरुलाई थाहा छैन, म प्रेगनेण्ट छु नि त्यसैले अहिले हप्तामा दुइ दिन मात्रै आउँछु ड्युटीमा। के गर्नु बिना तयारी प्रेगनेण्ट हुँदा सकस भइरहेछ आफूलाई। बुढाले निरोध त लगाउने गरेकै हो तर के गर्नु निरोधले पनि बिरोध गर्न थालेपछि।”
सबै हाँस्न थाले।

“मिसावटी पर्यो होला के, अरु औषधि जस्तै ।”

“हो भन्या ! यो मिसावटी औषधिले गर्दा रोग पनि निको नै हुँदैन। दुइ दिनमा घर फर्किनु पर्ने पेसेंटलाइ हप्ता दिन भन्दा बढि बस्नु पर्छ अस्पतालमा। फेरि त्यति मात्र कहाँ हो र, त्यहि मिसावटी औषधि पनि धेरै किनाउनु पर्छ बिचारहरुसँग। बचेको फार्मेसीमा लगेर बेच्नै पर्यो। मलाई त कहिले कहिँ गलत प्रोफेसनमा आए जस्तो हुन्छ भन्या।”

“पेसेंटको फिले मात्र त कसरी अस्पताल चल्छ त ! डाक्टरहरु त्यस्तो एक्स्पेंसिव छन्। अस्पतालले पनि त पैसा कमाउने जुक्ति गर्नै पर्यो नि ।”

म अचम्म मानेर उनीहरुको वार्तालाप सुनिरहेको थिएँ। अस्पतालको औषधि व्यापार एउट नितान्त नौलो जानकारी थियो मेरो लागि। म त बिचरा, अस्पताललाई बिरामीहरूको उद्धार गर्ने एउटा पवित्र स्थल सम्झन्थेँ। तर दिदी त अलि उत्तेजक भएर एकछिनमै हावा भरिने बेलुनजस्तै भइन्। भन्छिन्, “तिमीहरू औषधिको कुरा गर्छौ ? अस्पतालभित्र के-के हुन्छ भनेर मलाई सोध न ! तिमीहरूले त्यो सुन्यौ भने त कानका पर्दा नै फुट्लान्।”

त्यसपछि त दिदीले यस्तो रहस्योद्घाटन गरिन्, मानौं उनी कुनै गुप्तचर मिसनबाट फर्केकी हुन्। “अस्पताल भनेको अस्पताल होइन, त्यो त मानव अंग बेचबिखन गर्ने एउटा व्यापारिक केन्द्र हो। बिरामीलाई त्यहाँ उपचार होइन, गोटी बनाइन्छ। अचम्म छ, मान्छेहरू उपचारका लागि पैसा तिर्छन्, अनि अनजानैमा आफ्नो किड्नी, कलेजो अनि कहिलेकहिँ त मुटुको टुक्रा नै पनि दान दिन पुग्छन्।”

“त्यसो भए, दिदी, ती डाक्टरहरू कुन देशका ठेकेदार हुन् ? अमेरिका, जापान, कि सीधा तेस्रो ग्रहबाट आयात गरिएका हुन् ?”

“खै, के भन्नु,” दिदीले थपिन्, “डाक्टरका कोट सेतो हुन्छ भनेको त यो रहेछ — ब्लडस्टेन देखिन नदिउन् भनेर।”

उनको कुरा सुनेर म छक्क परेँ। उनी त अस्पताललाई ‘जेम्स बन्ड मूवीको माफिया मुख्यालय’ भन्दा बढी रहस्यमय बनाइरहेकी थिइन्। अन्तमा मैले सम्झिएँ, दिदीलाई यो भन्दा धेरै अरु थाहा छ, धेरै रहस्यहरुको जानकार छिन् उनी। उनले भनिन्, “मैले एकपटक मात्र बोलेको हो। अरु कुराहरू थाहा पाउन त तिमीहरूको साहस नै पुग्दैन। खै के भन्नु अरु कुरा।”

अकस्मात मेरो आँखासँग उनको आँखा जुधे, उनी मौन भइन्। शायद धेरै कुरा भन्नु थियो उनलाई तर केहि बोलिनन्। मेरो उपस्थिति सहज भएन त्यसबेला। त्यहि असमंजसको दौरान ट्याम्पो रोकियो। उत्रिने ठाउँ पनि आइपुगिसकेछ।

०००
लण्डन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x