साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल खोज्दै छु म !

सत्तामा जति छन् पुगे महलमा आँफै बने मालिक । बन्दै छन् अहिले सबैतिर अहो ! लौ स्वर्णका सालिक । छैनन् न्याय उपाय मिल्छ कसरी त्यो मार्ग खोप्दै छु म ! नेता पाल भयो कठै मुलुक यो नेपाल खोज्दै छु म !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

छैनन् शक्ति युवा विदेशतिर छन् रित्तो छ बस्ती घर ।
बढ्दै छन् अझ बाध्यता गरिबका छोडेर जाँदा पर ।
फर्किन्छन् कहिले यहाँ अब सबै यो प्रश्न सोध्दै छु म !
नेता पाल भयो कठै ! मुलुक यो नेपाल खोज्दै छु म !

शान्तिक्षेत्र थियो यहाँ विगतमा सम्बन्ध गाढा थियो ।
कोही शत्रु थिएन विश्वभरमा षड्यन्त्र टाढा थियो ।
छैनन् चिन्तन राष्ट्रनिम्ति दलमा आश्चर्य सोच्दै छु म !
नेता पाल भयो कठै मुलुक यो नेपाल खोज्दै छु म !

हाम्रा शैलहिमाल उच्च छहरा हुन् सृष्टिका गायक ।
हाम्रा पूर्वज ती सबै ऋषि थिए आध्यात्मका नायक ।
गर्थे ध्यान सदैव तत्त्व शिवको, ती ज्ञान रोज्दै छु म !
नेता-पाल भयो कठै मुलुक यो नेपाल खोज्दै छु म ।

फर्केनन् किन खै जहान घरका सारा हराए कहाँ !
बिर्सेमा कसरी रहन्छ अब यो अस्तित्व संसारमा ।
आओस् वीर कुनै बनेर रणमा विद्रोह रोप्दै छु म ।
नेता पाल भयो कठै मुलुक यो नेपाल खोज्दै छु म !

सत्तामा जति छन् पुगे महलमा आँफै बने मालिक ।
बन्दै छन् अहिले सबैतिर अहो ! लौ स्वर्णका सालिक ।
छैनन् न्याय उपाय मिल्छ कसरी त्यो मार्ग खोप्दै छु म !
नेता पाल भयो कठै मुलुक यो नेपाल खोज्दै छु म !

०००
२० फागुन, २०८१
भरतपुर, चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x