साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो त्यो मनै जाली छ

लाज पचेका मान्छेहरु लाजको किन कुरा गर्छन् सिनो लुछ्ने गिद्ध जस्तै कुर्ची पाउँन हत्ते मर्छन् देशले मुक्ति पाउँने छैन यिनले शासन गर्दा सम्म चुस्न यिनले छोड्ने छैनन् दुइ थोपा रस झर्दा सम्म ।

Nepal Telecom ad

भोज अर्याल :

सभा जुलुस भैलो गर्चन आजै चुनाउ आए जस्तै
चौरासीको चुनाउ पहिल्यै भाFड बहुमत पाए जस्तै

दलबल सहित गाउॅंमा पुग्दा होलान् गाउॅं पुरै रित्ता
विरालेले चिथोरे झैं चिथोर्दै छन् गाउॅंका भित्ता

राष्टबादको राग अलाप्दै सत्तो सराप गर्छन गाली
जनता वेजोड झुक्किएर ठोक्छन जुलुम् यिनकै ताली

गाली गर्दै चाट्छन् फेरि उसकै कलो जुठो पुरो
मन्चमा चढी बुरुक बुरुक उफारेछन् माले जुरो

देशमा विकाश गर्नु गर्यौ अब केही बांकी छैन
भेषमा यिनले देखाउॅंनलाइ बांकी कुनै झाँकी छैन

मिचिएका सिमानहरु कहिले होला फिर्ता आउँने
थिचिएका इमानहरु सिंहदरबार बिर्ता पाउँने

जनता फेरि सोच्दै होलान् कसलाइ होला बहुमत दिने
भ्रष्टसँग प्रष्ट हुँदै फेरि एक दिन सातो लिने

देश बनाउॅंने रटान लाएको जुगौं बित्दै बज्यो ताली
युवा सबै मुगलान पस्दा गाउँ बस्ती पुरै खाली

मुखमा रामराम मनमा छुरा छ कि तिम्रो मनै जाली
कति गर्नु अब हाम्ले मुखमा आए जति गाली

जनता भोकै मर्दै होलान भए होलान रित्ता थाली
अब यिनलाइ थन्काउँनु छ एउटै बाकस भित्र हाली

लाज पचेका मान्छेहरु लाजको किन कुरा गर्छन्
सिनो लुछ्ने गिद्ध जस्तै कुर्ची पाउँन हत्ते मर्छन्

देशले मुक्ति पाउँने छैन यिनले शासन गर्दा सम्म
चुस्न यिनले छोड्ने छैनन् दुइ थोपा रस झर्दा सम्म ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x