साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाने अभ्यास !

अल्छिहरुले देश गिराएर खाऔँ इमान्दारहरुलाई हतकडी लगाएर खाऔँ ॥ बाँच्ने कति हो थाहा छैन त्यसैले, आफ्नो मनले मानुञ्जेल खाऔँ । आफ्नै छालाले धानुञ्जेल खाऔँ भो अब त खान्न भनुञ्जेल खाऔँ ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

खानकै लागि जन्मियौँ
खाएरै हुर्कियौँ ।
अब खान किन डराउनु ?
जातियताको तक्मा भिरेर खाऔँ
आफैँसँग गिरेर खाऔँ
सुटुक्क कतै छिरेर खाऔँ ॥
बोटमा हुनेले हाँगा भाँचेर खाऔँ ।
भूँईमा हुनेले जरा उखेलेर खाऔँ ।

सत्कर्म भनेकै खानु भएपछि,
चिन्ता सबै छोडेर खाऔँ ।
नैतिकताको बाकस फोडेर खाऔँ
वाचावन्धन तोडेर खाऔँ ॥
दुई नम्बरी काम खोजेर खाऔँ
मिल्ने ठाउँमा रोजेर खाऔँ ।
निर्धालाई गोदेर खाआँै
विवेकको ताल्चा फोरेर खाऔँ ॥

सबैको सिद्धान्त खानु नै हो भने
फुटाएर होइन जुटाएर खाऔँ ।
दलका विवाद सबै टुटाएर खाऔँ
संविधानका धारा छुटाएर खाआँै ॥
खाने नै हो किन लुकेर खानु ?
देखाउन मिल्ने नजिर बनाएर खाऔँ ।
प्रतिपक्षलाई समेत मनाएर खाऔँ
खाने दल दर्ता गराएर खाऔँ ॥

बाँच्नुको अभिष्ट खानु भएपछि,
जाँगर हुनेलाई विदेश छिराएर खाऔँ ।
अल्छीहरुले देश गिराएर खाऔँ
इमान्दारहरुलाई हतकडी लगाएर खाऔँ ॥
बाँच्ने कति हो थाहा छैन त्यसैले,
आफ्नो मनले मानुञ्जेल खाऔँ ।
आफ्नै छालाले धानुञ्जेल खाऔँ
भो अब त खान्न भनुञ्जेल खाऔँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x