साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (१८)

हे महाकाल बाबा ! हे आम्बोटे माई...मलाई रक्षा गर...अरू नै केही नभए पनि म लगायत मजस्तै केही गर्न चाहने सुनको पिञ्जडामा परेका मेरा सहनेताहरूलाई राजनीतिको यो दलदलबाट उद्धार गर...

Nepal Telecom ad

कृष्ण प्रधान :

(१७ देखि क्रमागत)

नेता : (नेपथ्यतिर हेर्दै) दाजुको आदेश….

चोर : (कुरा काट्दै) …राख् तेरा दाजु तेरै गोजीमा। ;घिच्रामा छुरी नचाउँदैद्ध तेरा दाजुले तँहरूलाई बिरालोले मूसा खेलाएजस्तो खेलाएको गर्छ अनि तिमारको दाजु भनौदालाई अरूले मूसाले खेलाएको जस्तो खेलाउँछ। क्रमश

टोयलेटबाबु : अनि यी नेता भनौदाहरूले त्यसैको देखासिखी गरी हामीलाई बिरालोले मूसा खेलाएकोजस्तो खेलाएर-खेलाएर स्वाहा पारिसक्यो।

बले : लितिपिति पारेर…पारेर….सर्वनाश….

चोर : हो ? हो कि होइन भन्।

नेता : होजस्तो लाग्छ।

टोयलेटबाबु : कस्तो हुतिहारा तपाईं ?

बले : तपाईंहरूका दाजुले यस्तो थिचोमिचो गर्दा पनि सहिरा’को ।

(नेता चूपो लागि बस्छ)।

चोर : नसहेर के गरोस् ता अन्त !

नेता : (रुञ्चे स्वरमा) म मात्रै होइन हामी सबैले नै यसरी नै सहनुपर्छ।

चोर : थुक्क नामर्द।

टोयलेटबाबु : अन्त तपाईं नेताहरू जति एकमुख भएर दाजुको विरोध गर्नसक्नु हुन्ना ?

बले : विरोधै नगरेर यसो सानुतिनु सुझाव पनि ता दिन सकिन्छ नि ।

नेता : मुख खोलिसक्नु छैन। उनकै सही सही बिसही बिसही चल्छ।

चोर : (छाती झक्झकाउँदै) यहाँ सुन्नुहोस् नेताजी! म को हुँ। (नेता चुइँ बोल्दैन। कराएर) को हुँ म ?

सबै : (एकैसाथ) चोर।

चोर : येस आई एम चोर। यहाँका बूढ़ाबूढ़ीदेखि लिएर भुराभुरीसमेत ता के यहाँको भित्ता-पाखा, पखेरु, धारा, देवी-देवता सबैलाई थाहा छ म चोर हो भनेर…हो’कि होइन ?

नेता : (सामान्य मुण्टो हल्लाउँदै) हो…हो…

चोर : तर जब यो चोर पुलिस कष्टडीमा वा जेलभित्र हुन्छ नि त्यतिबेला कुनै माइका लाल पुलिस अफिसरले ममाथि उनको सही सही बिसही बिसही गर्दैन…न कि कुनै कुट्पिट नै गर्छन्। इभन् मलाई कोर्टमा हाजिर गर्दा पनि कुनै माइका लाल म्याजिष्ट्रेटले मलाई चोरी केश बाहेक अरू कुनै केश थोपेर आजीवन कारावाश वा मृत्युदण्डको शास्ती तोक्दैनन् अनि तोक्न पनि सक्दैनन्। (नेतालाई हेर्दै) सक्छ ?

नेता : सक्दैन ।

चोर : अन्त।

टोयलेटबाबु : हो नि। त्यहा ह्यूम्यान राइटको कुर्रा आउँछ…हाई कोर्ट…सुप्रिम कोर्टको कुरा आउन सक्छ।

चोर : तर तर म चोर भएर पनि स्वाभिमानी जिन्दगी बाँच्छु…कराएरद्ध तिमारको दाजु के भाको ..जनतालाई ता लट्टायो लट्टायो आफ्नै सहयोगीलाई पनि डोमिनेट। क्रुर शासक भएर पनि हिटलर त्यति थिएनन् क्रुर थिएनन्, न मुसोलिनी नै।

टोयलेटबाबु : तपाईंहरूले बोल्नुपर्ने…आजसम्म हामी नबोलेरै काठ पसिसकेको मूलाजस्तै भइसकेका छा।

बले : बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।

चोर : मलाई एउटा कुरा सम्झिँदा यी मेरा बत्तीस दन्ते बङ्गारा कड़्कटिन थाल्छ…तिमारका दाजुले के साट्ठो केटीहरू थुपारेका राखेको हँ, भन्नुहोस् ता नेता महोदय।

बले : उहाँलाई नसोध्नोस्…उहाँ पनि हाम्रा दाजुभन्दा कम्ति ता कहाँ छन् र! दाजु बाराना, हाम्रा नेता महोदय चाराना।

नेता : तर म दाजुजस्तो ओपन चैं गर्दिनँ है।

टोयलेटबाबु : हो नि। दाजुकहाँ केही काम लिएर जानु त्यै केटीहरू के साट्ठा बाठी भएका। के साह्रो इत्रिएका छिल्लिएका।

बले : लु तरूणीहरू ता ठिकै छ। कुखुराको सुली बाङ्गाे देख्दा पनि तीन ठुन्का मस्किने समय नै हो…।

चोर : छिल्लिने, मस्किने, इत्रिने उनीहरूको उमेरै हो।

टोयलेटबाबु  : तर बिहे भइसकेको, हाँस्दा पनि बत्तीस मुजा पर्ने राँड़ीहरू पनि दाजुको अघाड़ि छिल्लिएका र इत्रिएका देख्दा नारायण….

चोर : (कुरा काटेर) …सबलाई डल्ले खोर्सानी दलिदिनुपर्ने क्या। काँ हामीलाई ता मान्छे गन्दैनन् अन्त बोक्सीहरूले।

बले : डल्ले मात्रै त्यसमा नून पनि छर्किदिनुपर्ने….

टोयलेटबाबु : अलिकति चाट मसला पनि।ं

चोर : त्यतिमात्रैले पुग्दैन यी बोक्सीहरूलाई। एसिडको दुइ-तीन थोपा पनि चुहाएर दलिदिनुपर्ने। अन्त जीवनभरि छिल्लिराखोस् कि इत्रिरावोस्। यैहरूले ता सखाप पारिसके। (नेता टोयलेटतर्फ जान लाग्छ) कता….कता….

नेता : (टोयलेट देखाउँदै) एकक्षण उता….

टोयलेटबाबु : शर्ट कि लङ् ?

नेता : लङ् नि।

बले  ; कस्तो गीत गाउनुहुने भित्र बसेर। (नेता जान तर्खरिन्छ)।

चोर : त्यता होइन अहिले। आज यो स्यानु चोरको महाचोरसित धेरै कुरा गर्नुछ।

नेता : होइन हजूर मेरो आज अर्जेण्ट मिटिङ छ।

टोयलेटबाबु : आमामामा….साह्रै बिजी हई हाम्रा नेताहरू।

बले : हो नि विचाराहरूलाई एक मिनट फूर्सद हुँदैन अन्त।

चोर : राख्नोस् तपाईंको मिटिङ। आज चोर्नु नगएर ता मलाई ठिकै छ। आज म पनि चोर्नु जान्नाँ तपाईं पनि नजानोस्।

नेता : (डरसरि भएर) हवस् हजूर हवस्। साह्राे पारिसक्यो…आइहाल्छु….

टोयलेटबाबु : जानोस् हजूर छिटो सकेर आउनोस्। (नेता टोयलेटतर्फ जान तर्खरिन्छ)।

चोर : नो…नो….नो….(छाती समातेर झक्झकाउँदै) याँ सुन्नोस् नेताजी महोदय। तपाईंहरूले हाम्रो पाहाड़लाई सखाप पार्नुभो। जनतालाई न गरी खानु न मरिजानु पार्नुभो। न ता हाम्रो अहिलेसम्म टेक्ने ठाउँ छ न ता समात्ने हाँगा नै छ। (रिसाएर) यसकारण नेता महोदय हामीलाई सबभन्दा पहिले टेक्ने ठाउँ चाहिन्छ…के चाहिन्छ अरे !

नेता : (कातर स्वरमा) टेक्ने ठाउँ।

सबै : (एकै स्वरमा) टेक्ने ठाउँ।

चोर : समात्ने हाँगा पनि चाहिन्छ। के चाहिन्छ अरे….

सबै : (एकै भाखामा) समात्ने हाँगा।

चोर : (प्रचण्ड रिसाएर) अनि यो टेक्ने ठाउँ र समात्ने हाँगाको ठिका तँहरूजस्ता ज्ञानी नेताहरूले लिएको छस्। मलाई टेक्ने ठाउँ र समात्ने हाँगा चाहिन्छ…बुझिस्….

नेता : (टोयलेटतर्फ इङ्गित गर्दै) एकक्षण…सारो पारिसक्यो हजूर मलाई….

टोयलेटबाबु : एकक्षण चेपेर बस्नोस् न। (बले नेपथ्यतिर लाग्छ। नेता जान तर्खरिन्छ। चोरले आफूतिर तान्दा नेता फेरि भूइँमा लड़्छ – चोरले नेताको भुँड़ीमाथि लात राख्छ…नेता अलस्-तलस् पर्छ। नेताको भुँड़ीमा लात राखेको देखेर बले नेपथ्यतिरबाट दुगुर्दै आएर नेतालाई बचाउने प्रयास गर्छ)।

बले : चोर नानी तिम्रा लातले नेताजीको भुँड़ी यसरी टेक्दा अहिले यिनको लेँड़्का चार पाँच ठुन्का भएर भित्रै भाँचिन्छ…खुट्टा हटाऊ…बाबु…प्लिज (चोरको खुट्टा उचालेर नेताको भुँड़ीबाट पन्छाउँछ अनि टोयलेटबाबुले नेतालाई विस्तारै उठाएर जीउको धूलो झारिदिन्छ)।

बले : चोर नानी तिम्रा लातले नेताजीको भुँड़ी यसरी टेक्दा अहिले यिनको लेँड़्का चार पाँच ठुन्का भएर भित्रै भाँचिन्छ…खुट्टा हटाऊ…बाबु…प्लिज (चोरको खुट्टा उचालेर नेताको भुँड़ीबाट पन्छाउँछ अनि टोयलेटबाबुले नेतालाई विस्तारै उठाएर जीउको धूलो झारिदिन्छ)।

टोयलेटबाबु : चार-पाँच ठुन्का मात्रै हाम्रो चोर साहेबको हात्ती पाइलाको थिचाइले हो भने ता किमा-किमा हुन्छ। नेता (गम्भीर/रोदन मिश्रित स्वरमा) तिमीहरू मलाई नेता देख्छौ तर देख्छौ वा देखिरहेका छौ म त्यो छैन….पटक्कै छैन। धमिराले खाएर भित्रभित्रै खङ्रङै बनाइसकेको अवस्था भएर पनि हामी नेताहरू सखुवाकै रूखजस्तो भएर हिँड़्नु परिरहेको छ। हामी नेताहरू सुनको पि‘ञ्जराभित्र छौं…आफूखुशी उड़्न पाउँदैनौं….जति जे गर्नुपऱ्यो भने पनि सुनकै पि‘ञ्जराभित्र मात्र विचरण क्षेत्र हो। तिमीहरू भनेका स्वतन्त्र पक्षी हौ…जहाँ जताततै निष्फिक्री उड़्न सक्छौ…कसैको रोकटोक छैन। (बले बले घरिघरि नेताको चाक छाम्छ कतै भित्रै खसायो भनेर। यो क्रम बारम्बार दोहोऱ्याइ बस्छ)। हामी दिनमा हजारौंपल्ट मर्छौं अनि जिउँदो लाश भएर जीवन बिताउँछा। हामीलाई डरको सिर्कनुले राततिदन सोर्क्याइँरहेको हुन्छ। यता दाजुको डर…अलिकति तलमाथि गऱ्यो कि चोला उठ्न धम्की…केटाकेटी अपहरण हुने धम्की…कि चाहिँ घरकी स्वास्नी चेलीबेटी बलात्कार हुने धम्की। बाहिर जाऊँ ता पुलिसको डर…बाटामा स्वतन्त्र भएर हिँड़ुँ ता जनताको डर…तपाईंहरू राति कति सुखिलो निँद्रा सुत्नुहुन्छ…हामीसित निँद्रादेवीको पनि वितृष्णा देखिन्छ…राति तपाईंहरू निर्धक्क सुतेर बिहान आरामले उठ्नुहुन्छ…हामी राति सुत्दै उठ्दै रात काट्नुपर्छ। सामान्य मूसोले खिस्रिक्क गऱ्यो भने पनि लु मलाई, मेरा परिवारलाई मार्नु, किडन्याप गर्नु वा मेरो विशाल अट्टालिका झोस्नु पो आयो कि भन्नो डरले जुरूक्कै उठ्नुपर्छ…कति भयावह जिन्दगी…मेरो मातृभूमिको निम्ति मलाई पनि ता केही गर्ने इच्छा छ…विचार छ…सपना छ…तर हाम्रो कुरा हाम्रो सजेशन सुनाउँ ता मान्दैन…;रून्छद् …कुन दिनमा यो राजनीतिमा हात हालिएछ…यस्तो दलदलमा जाँकिएछ…यहाँबाट निस्कनै ता सकिँदैन। यस्तो दलदलमा नफँसेर बरु हाम्रा टोयलेटबाबुले जस्तै टोयलेट नै खोलेर बसेको भए पनि सुखको निँद्रा ता सुत्न पाउँथेँ जस्तो लाग्छ अहिले। यो ज्यान कति सुखिलो र आरामिलो हुन्थ्यो होला टोयलेटबाबुकै जस्तो भन्नो लाग्छ। यो राजनीति मलाई अहिले भालुको कन्पट भएको छ…न ता समाति राख्नु न ता छोड़्नै सकिन्छ। हे महाकाल बाबा ! हे आम्बोटे माई…मलाई रक्षा गर…अरू नै केही नभए पनि म लगायत मजस्तै केही गर्न चाहने सुनको पिञ्जडामा परेका मेरा सहनेताहरूलाई राजनीतिको यो दलदलबाट उद्धार गर….(रून्छ)।

चोर : (आकाशै थर्किने गरी चिच्याएर) चूप ! तेरो भावुकता तेरै गोजीमा राख्।

टोयलेटबाबु : (टिठलाग्दो स्वरमा) नेताजी बाहिर जानुहुने ?

नेता : (रूँदै) जान्नँ….सब हरायो।

बले : टोयलेट हरायो कि चोर नानीको लात्ताले थिचिएर भित्रै धूलोपिठो भयो।

नेता : (रूँदै) यो जिन्दगी ता धूलोपिठो भइसकेको छ हजूर…

चोर : (कुरा काटेर) अहिले तँहरूलाई केही भाको छैन…खास धूलोपिठो हुने समय ता अब पो आउँदैछ।

बले : कमिङ सुन ?

नेता : (रूँदै) हे महाकाला बाबा !

चोर : (चिच्याएर) चूप। अहिले तँलाइँ महाकाल बाबाको याद आयो। राजनीतिको बाईपङ्खी घोड़ामा चढ़ेर धृतराष्ट ओढ़ेर हिँड़्ने फूर्सद छैन शाला तिमीहरूको। कुनै दिन महाकाल बाबाको मन्दिरमा गएर ढोगेको छस् ?

नेता : (जम्ले हात गर्दै) छैन..हजूर छैन। नभ्याएर….

बले : बारमा गएर लट्ठ भई बार गर्लको डान्समा पल्किसेकेकाहरूलाई महाकाल बाबाको मन्दिरतिर जाने फूसर्द नै पो कहाँ हुन्छ होइन नेताजी ? (नेता स्वीकारात्मक मुण्टो हल्लाउँछ)…

चोर : अहिले मुण्टो हल्लाउँछस्…नाथे। कुनै दिन महाकाल बाबाको मन्दिरमा गएर खान नपाएका ढेढ़ुहरूलाई खानेकुरा दिएको छस्…

नेता : (हात जोड़्दै) गल्ती भयो हजूर…हे महाकाला बाबा रक्षा गर….

चोर : (चिच्याएर) चूप! हाम्रा पवित्र महाकाल बाबाको नाम उच्चारणै नगर् कम्तिको पनि हामी तीनजनाको छेउमा । जा तिमेरकै महाकाल बाबुनीको धोती पखाल्। तँहरूजस्ता गद्दारहरूलाई हाम्रा प्यारा महाकालबाबाको नाम उच्चारण गर्न पटक्कै सुहाउँदैन। के ठेगान तिमरको, कुन दिन यो महाकाल बाबाको नाम बदलेर महाकाली आमा राख्नु बेर पनि लाउँदैनस्। …तेरा भुँड़ी रवाम्मै रोपेर झारझुर् पारिदिन्छु (छुरीले भुँड़ी रोप्ने प्रयास गर्दा टोयलेटबाबुले वाधा दिन्छ अनि बलेले चोरको हातबाट छुरी थुत्छ)।

नेता : (कोहोलो चिच्याउँदै) बचाऊ …बचाऊ …पुलिस …पुलिस…दाजु…दाजु… दाजु…..

मञ्च विस्तारै अँध्यारो हुन्छ। क्रमशः

०००

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x