साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको कथा

कसैले भने यो छ राम्रो बचाऔँ कसैले भने त्यो पुरानो सजाऔँ भनेका निकैले नयाँ किन्नुपर्ने किनी ल्याइएमा मुनाफा छ बढ्ने ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

मदानी पुरानो भयो भन्छ कोही
प्रणाली पुरानो भयो भन्छ कोही
नयाँ खार्न नौनी धुलो छर्किएका
खुसी खोज्न हो यी सबै चर्किएका ।

न नेती बदल्छन् न ठेकी बदल्छन्
न ता घाँस काट्छन् परालै हुरेल्छन्
न खोले पिँडो ताउलोमा टकार्छन्
छिटो चाहियो आज मोही डकार्छन् ।

कुनै बेच्न आयो खरानी लिएर
बुटी बाँध्न सल्लाह राम्रो दिएर
सुरक्षा हुने हो बुटी पैह्रिएमा
अहोभाग्य खुल्ने छ यो लाइएमा।

थियो जीर्ण कन्था नफल्ने भएर
हिजो ढालिएको सबैले मिलेर
लगी पोखरी कतै गाडिएको
अझै लास होला त्यहाँ ढाडिएको ।

नयाँ रोप्न ता रोपियो एक बेर्ना
त्यसैमा कतै लाग्न थाल्यो अटेर्ना
उँभो आउने मुख्य मुन्टो समाप्त
भयो भित्रबाटै अहो राफसाफ ।

कसैले भने यो छ राम्रो बचाऔँ
कसैले भने त्यो पुरानो सजाऔँ
भनेका निकैले नयाँ किन्नुपर्ने
किनी ल्याइएमा मुनाफा छ बढ्ने ।

पसी भित्र भण्डारमा हाल्न दाइँ
हतारो छ उस्तै यिनै पत्रुलाई
मिले चोर जस्तै लुटी खानलाई
कथा यत्ति हो भाइ हो आजलाई ।

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x