साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी खोलौँ आऊ

ठट्टा होइन यो कुरा सब जना साँचो भनी सम्झिए मन्त्री बन्न कमाउने मन भए दर्खास्त हाल्दै रहे पार्टीमा खुब मस्त मान सँगमा नेता सबैको भई सारा विश्व घुमेर दौलत बुझी खाला घरैमा बसी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

साथी हो मनको विचार सुन लौ नेता म बन्ने भएँ
उठ्ने नै छ विचार यो पटकमा पार्टी म खोल्ने भएँ
मेरो साथ दिने विचार छ भने झन्डा सिलाई बस
सारा देश सजाउने छ मनमा छोडिन्न केही कस ।

पार्टी को म अध्यक्ष बन्दछु यता खाली छ अर्को पद
कोही छौ कि बसेर सो पदतिरै चन्दा दिने हर्दम
पार्टीको नव घोषणा र यसको झन्डा सिलाऊ छिटो
झट्टै बैठक बस्नुपर्दछ बुझ्यौ खाजा चबाई फिलो ।

हामी थोर जना बसेर पहिले निर्क्योल चाडैं गरौँ
मै अध्यक्ष हुनेछु योग्य पदको मुठ्ठी सबैले कसौँ
पार्टीको जब बन्छ नाम र विधा ठेली गरौंला पछि
चन्दाबाट कमाउने प्रहर हो आफू घरैमा बसी ।

हाम्रो भाइ छ गाउँमा कि लफडा जान्ने लडाका निकै
भाला हान्न सिपालु चक्कु र छुरा बोक्ने सँगैमा सधैं
पार्टीको उप मुख्य मान दिइए सेवा गरी बस्छ ऊ
ढुङ्गा हान्न पर्यो भने पनि कडा बर्सिन्छ तर्सिन्न ऊ ।

ठट्टा होइन यो कुरा सब जना साँचो भनी सम्झिए
मन्त्री बन्न कमाउने मन भए दर्खास्त हाल्दै रहे
पार्टीमा खुब मस्त मान सँगमा नेता सबैको भई
सारा विश्व घुमेर दौलत बुझी खाला घरैमा बसी ।

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x