साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली हानौँ

फित्कौली रणमा लडेर विजयी बन्नेछ रातो दिन फित्कौली नडगी बहादुर बनी तम्सिन्छ सत्ता लिन फित्कौली शुरुमा बसेर रमिता हैर्दै गरेको भए फित्कौली पछि पो रमाउँछ बुझौँ नेपाल भन्दै जय ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

फित्कौली गतिलो म हान्छु जहिले वद्मास तर्साउने
भागेका जतिमा छ त्रास मनमा क्षेप्यास्त्र वर्षाउने
योग्यता क्षमता र तागत सबै पोलेर खाए कति
आफ्‌नै कर्म विश्वासहीन हुनगो मान्छे छ स्वार्थी अति ।

फित्कौली जव लाग्छ, ढल्छ भुँइमा, हेर्दै मट्याङ्ग्रातिर
सात्तो जान्छ उसै र लुक्छ घरमा काँप्दै छ अर्कोतिर
फित्कौली हतियार हो समयको हान्थे सिकारीहरु
फित्कौली नवनीत होइन बुझौँ राख्थे सिकारीहरु ।

राजाको दरबार ढल्छ यसले रैतीहरू त्रासमा
फित्कौली नहुने हुँदैन जनता बस्छन् सधैँ आसमा
फित्कौली घरमा लुकाउन सके खोजौ मट्याङ्ग्राहरू
फित्कौली परिवर्तनीय चिज हो राख्छन् सिकारीहरु ।

हान्दा होस गरेर हान्न नसके आफैँ सकिन्छौ बरु ।
हान्नैपर्छ भने विचार नगरी हान्दै नहान्नूँ अरु
फित्कौली हतियार चिन्न नसके हे मुर्खका वाहक
तिम्रो तागत हेर्न तम्सिन यता आएर खै ग्राहक

नेताका शिरमा शरीर बिचमा लाग्यो भने के गरौँ
भागौ वा म कतै लुकेर वनमा बस्दा खरानी घसौँ
फित्कौली सरकार हान्छ कहिले ढल्छन् विपक्षीहरू
फित्कौली नवनीत होइन बुझौँ राख्थे सिकारीहरु ।

फित्कौली सँगपो रहेछ चरुवा खेल्दै गुलेली पनि
फित्कौली गतिलो बनाउँ सबले ढल्छन् बिराला अनि
फित्कौली बलवाद ढाल्छ सहजै ढाल्दिन्छ राजा पनि
फित्कौली दरबारमा जव पुग्यो ढल्नेछ सत्ता अनि ।

फित्कौली रणमा लडेर विजयी बन्नेछ रातो दिन
फित्कौली नडगी बहादुर बनी तम्सिन्छ सत्ता लिन
फित्कौली शुरुमा बसेर रमिता हैर्दै गरेको भए
फित्कौली पछि पो रमाउँछ बुझौँ नेपाल भन्दै जय ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x