साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १४

पालीले विदेशमा राखेको पैसा नेपाल फिर्ता ल्याउन उनै नेता महोदय छलफल त के छलफलका लागि हलचल पनि गर्दैनन्। ती सबै रकम मध्ये आधा मात्र नेपाल पुग्ने हो भने.... ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपालीले विदेशमा पैसा राखेको कुरा खुब हल्ला छ आजभोलि। कसैले कम्बोडिया त कसैले दुबई। कसैले सिङ्गापुर त कसैले स्विट्जरलेन्ड। त्यो सबै “वास्तविकता” भएको प्रमाण मसँग आइपुगेको छ। सबै खोल्न मिल्दैन तर खोल्न मिल्ने जति म उधार्न सुरु गरिहाल्छु।

अरु देशको के कुरा गर्नु विश्व शक्ति सम्पन्न देश अमेरिका कै कुरा गरौंन। टेक्सासको वेल्स फार्गो बैंकमा यम घिमिरेले एक करोड डलर नै राखेका रहेछन् । मलाई स्टेट्मेन्ट नै पठाइदिएका थिए। उता ओहायोमा प्रमोद अमात्यले त झन डेढ करोडको ब्यालेन्स रिपोर्ट नै मलाई पठाए। कनेक्टिकटमा बस्ने भोज अर्यालले बैंक अफ अमेरिकामा पचासौं लाख राखेको धाक मात्र लगाएनन्, धक्कु नै देखाए। यी त अमेरिकाका पैसा राखिएका प्रतिनिधि उदाहरणहरु हुन्। जपान,अस्ट्रेलिया, क्यानडा युकेमा पनि थुप्रै नेपालीले डलर थन्काएका छन्।

नेपालका मिडियाले लगाएको आरोप खास सत्य हो। तर त्यो रकम नेपाल कसरी फिर्ता ल्याउने भन्ने कुरा दिमागमा नाली कुद्ने महासयबाट के आशा गर्नु। नेपालीले विदेशमा राखेको पैसा नेपाल फिर्ता ल्याउन उनै नेता महोदय छलफल त के छलफलका लागि हलचल पनि गर्दैनन्। ती सबै रकम मध्ये आधा मात्र नेपाल पुग्ने हो भने भ्रस्टाचारीलाई केही रकम बांँडेर पनि देश छ्लाङ पारामा विकास हुनेथियो।

बुझ्नेले कुरा नबुझेपछि, नाकको सिँगान नपुछेपछि, फाटेको कट्टु नटालेपछि, बेइज्जतको टुप्पी नफालेपछि….उही उत्तानो टाङ्ग… ।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्। )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x