साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पतञ्जली, माकुन्जली र बाँचुञ्जेली

अनि बालकृष्णजी महाराजले सेतो धोती लगाउने तपाइँले चाहिँ गेरु रङको धोती लगाउने कारण जान्न पाए हुनेथ्यो हरिद्वारे प्रभु ! भंसार परीक्षणमै फेल खाने खालका सेलहरु यता नपठाउनुहोला।

Nepal Telecom ad

-अमर अधिकारी :

वि.सं. २०५२ सालको अन्त्यतिर मेरा बालसखा फोक्से दमाई अर्थात् बिनबहादुर परियार अर्थात विनोद परियारलाई एकजना असईले चौकीमै लगेर गोली ठोकेर सिध्याइदिएपछि मेरो गाउँमा त सनसनी फैलियो फैलियो र सञ्चार माध्यमहरुले समेत महत्वका साथ उक्त घटनाबारे फलाके पनि। बिनबहादुर परियारकी आमा खोस्टी दमिनीसहित परिवारमा शोक छायो। शोकसन्तप्त परिवारलाई सान्त्वना दिनका लागि त्यतिबेलाका पूर्व उपप्रधानमन्त्री माधव नेपाल हाम्रो गाउँमा जानुभएकाे थियो। स्थानीयका अनुसार उहाँ हाम्रो गाउँमा गएको कुरा नै ठूलो थियो। अरु के के भए मलाई त्यति थाहा भएन, म यता काठमुढातिर नै थिएँ संस्थान सेवातर्फ ‘जा’ अनि ‘गिर’ मा।

घटना भएको केही  महिनापछि एक राष्ट्रिय दैनिक पत्रिकामा मेरो एक लेख पनि छापियो- स्मृतिको पानामा भन्ने स्तम्भ अन्तर्गत “माओवादी बनेको मेरो साथी फोक्से दमाई” शीर्षकमा। त्यतिबेला फेसबुक त के मोबाइल नै थिएन त्यो लेखलाई सामाजिक सञ्जालमा तुफानी साथ फैलाउनका लागि। अहिले त कागजी अखबारहरु हराउँदै र अनलाइन न्युज मौलाउदै आएका छन् भने कोहीकोही पत्रकारहरु बौलाउँदै आएका छन् ।

सिंहदरबार पसेर कम्मर कसेर मन्त्रीहरु र सचिवहरुसँग हाकाहाकी पैसा असुल्ने छट्टु पत्रकारदेखि घोकन्ते पट्टु पत्रकारहरु तमाम पत्रकारहरु छन् यहाँ। जुन पत्रुकारले आफ्नो अफिसको भाडा वापत करोड बुझाएका छैनन् र सरकारलाई बुझाउने आधा करोड कर तिरेका छैनन्, त्यस्ताको चर्चा हुन् हाम्रो देशाँ । यो समाचार बेलाबेलामा आएकै हो सञ्चार माध्यमहरुबाट। ती छट्टु पत्रकारको आवाज सुन्नका लागि गाउँका विचरा सोझा सिधा जनताहरुले रेडियोको कान निमोठ्ने गर्छन् र उनको ठूलोठूलो आवाज सुन्छन् सखारै र बेलुकी सुत्नु र मुत्नुअघि।

ल फलानाले तहल्का पिटे, नेताहरुलाई थर्काए भन्दै गौरब गर्ने भोलाभाला जनतालाई चटके पत्रुकारको बारेमा जानकारी हासिल गर्न सक्दैनन् सीमित घेरामा बसेकाले। त्यस्ता फोकटिया पत्रकारको कुरा पनि सुन्ने ? अलि ज्ञान चेतनाका कुरा सुन्ने गर्नु! को पत्रकार कस्तो हो भन्ने कुरा मसँग बुझ्नु ! मलाई मान्छे नगन्ने तिमीहरुले भनेर थर्काउने र कम्मर मर्काउने पनि गर्नेगर्छु। तर के गर्नु एकोहोरो परे गाउँघरका मेरा छिमेकी र आफन्त। ४२ वर्ष काठमाडौँ र त्यसमा पनि १२ वर्ष सिंहदरबारमा बसेको मलाई चिन्दैनौ ? त्यस्ता हावादारी पत्रकारको कुरा पत्याउने ? भन्दा पनि सुनेको नसुने झैँ गर्छन्। आफन्त र छिमेकी भन्नु पनि बेकार छ।

ती पत्रुकारसँग मेरो एकपटक सिंहदरबारभित्रै भनाभन भएकाे थियो । सायद २०६० देखि २०६४ को बीचमा उनीसँग झण्डै हात हालाहाल र लात्ती फालाफाल भएको थियो। उनको नाक हेर्दै छुचुन्द्रो छुचुन्द्रो जस्तो लाग्ने हुँदा उनको मुहार हेर्नै मन नलाग्ने एलर्जी बिलर्जी सिलर्जी सबै हुने भन्या ! ती पत्रुकार कहिले के काण्डमा पर्ने कहिले के विवादमा मुछिने पनि गर्छन्। उनको मिडियामा केही डनहरु पनि धाउँछन् र भन्छन्- “लौन पत्रुकारजी! म अन्यायमा परेँ ! मलाई न्याय चाहियो।“

विचरा ती साधारण लेखपढ भएका पत्रुकारले के को न्याय दिनसक्थे र ? उनी त सिंहदरबार छिर्दा पनि परिचय पत्र नदेखाउने र पुलिसलाई समेत धक्का दिएर भित्र छिर्नेसम्मका हर्कत गर्छन्। उनले आफूलाई निकै सुपर ठान्छन्। हुन त सिनेमामा खेले पनि सुहाउने जिउडाल छ। सञ्चार माध्यमहरुको संख्या पनि कति हो हाम्रो कमिला जत्रो देशाँ ? धार्मिक भनिने मार्मिक च्यानलहरु पनि छन् जसोतसो विज्ञापन पाउने रहेछन् क्यारे आफ्ना मान्छे भएका कम्पनीहरुबाट। कुनै टेलिभिजनले त तलब नै नदिएर लघारेका र करछलुवा अरबपतिहरुबाट दूध पघारेका हुन्छन्। श्रम शोषणको कुरा त व्यापक नै छ यहाँ। कसले हेर्ने ?

ह्वाँ अम्रिकामा दुईटाभन्दा बढी पार्टी बन्नसकेको छैन। ह्याँ हाम्रो फिस्टे देशाँ सवासय पार्टी रे। सरकारको झिनो पिलर बनेर सिनो खाए झैँ सरकारी ढुकुटी लुछ्न पल्किएका र भारततिर ढल्किएका त्यस्ता झिना पिलरलाई सोत्तर नपारेसम्म यो मुलुकले कोल्टे फेर्न पनि सक्दैन र काँचली पनि फेर्न सक्दैन। काँचली फेरे पनि गड्यौँले सर्पको जस्तो फेर्ला अजिङ्गरको जस्तो काँचुली फेर्न सक्दैन। नाङ्लामा राखेर फड्कारे पनि नफड्कारिने खालका जिरे खुर्सानी जस्ता पिरा पार्टीहरुले पनि वाक्क र दिक्क पार्दैआएका छन्। एकसिटे पार्टी, दुईसिटे पार्टी भनेरै नाम राखिएका पार्टीका कार्यकर्ता कसरी पालिएका होलान् भन्ने बडो चिन्ता छ मलाई। ठूला पार्टीका कार्यकर्ताहरुले त दुईनम्बरी चारनम्बरी सबै नम्बरी काम जानेकै हुन्छन्। यता पनि ठिक्क उता पनि ठिक्क जनता सधैँ दिक्क।

लौ न रामदेवजी महाराज ! धान खाने पतञ्जली चोट पाउने माकुन्जली भयो नि ! कहिले खाली खुट्टा ठाडो पार्ने त कहिले पाडो बन्ने कलाले मात्र के होला र धोती लाएर भुँडीको लोती देखाउने काम धेरै नगर्नुस्। हाम्रा नेता माकुन्जलीलाई चोख्याउनका लागि पतन्जलीका केही बुटी छन् कि ? होइन भने उहाँ त बाँचुञ्जेली कारागारमा रहनुपर्ने अवस्था देखिन्छ। अनि बालकृष्णजी महाराजले सेतो धोती लगाउने तपाइँले चाहिँ गेरु रङको धोती लगाउने कारण जान्न पाए हुनेथ्यो हरिद्वारे प्रभु ! भंसार परीक्षणमै फेल खाने खालका सेलहरु यता नपठाउनुहोला। नेपाली उपभोक्ताहरुलाई पखाला लाग्ला र तपाइँको बाँकी रहेको इज्जत परपर भाग्ला। होस् गर्नुस् बाबाजी !
हरि ॐ तत्सत् !
कलि युगाय नमः

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x