साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उटुङ्ग्याहा खेलाडी

यथार्थमा ती खेलाडी हुन् कि अनाडी वर्तमान बोल्न नसके पनि भविष्य बताउला इतिहासले झुटको खेती गर्न छोडेको बेला कुनै दिन नयाँ सूर्य उदाउला ?

Nepal Telecom ad

कपिल अज्ञात :

जोकरको अर्थ हो – उटुङ्ग्याहा
सर्कसको जोकर लवरपाँडे बनेर हँसाउँछ
तासको जोकर जोड मिलेकोलाई जोड दिन्छ
र एकाएक बाजी पल्टाउँछ
खेलमा उसको एकमात्र भूमिका हुन्छ
जहाँ जोड देख्छ त्यहीं परिणाम लेख्छ ?
जोड भएन भने फाल्तु बनेर
आफ्नो अस्तित्व मेट्छ

जोकरको भूमिका
सर्कस र तासमा मात्रै होइन
राजनीतिमा पनि हुने रहेछ
जो मैं हूँ भन्छन्
ती पनि जोकर हुँदा रहेछन्
जो निकै ठक्कर दियौँ भनेर घमण्ड गर्छन्
तथाकथित नायकहरू
कम्पनीका ठेकेदार त छँदै थिए
राजनीति नै उद्योगव्यवसाय भएकाले
अचेल ती जोकरझैं छन्
जो खेलमा एकाएक बाजी मार्न उद्यत छन्

नेताको नामबाट ठेकेदार
ठेकेदारको नामबाट फेरि जोकर हुँदै
मदारीबाट तालिम प्राप्त वानर झैं
आफै मालिक छु भन्ने दम्भमा
आफैलाई कर्णाधार सम्झनेहरूको
चरित्र उदङ्ग्याएर हेरे स्पष्ट हुन्छ ।

इतिहासकै उटुङग्याहा जोकर
गठबन्धनको योजना बुनेर
जो आफूलाई महान खेलाडी सम्झिरहेछन्

यथार्थमा ती खेलाडी हुन् कि अनाडी
वर्तमान बोल्न नसके पनि
भविष्य बताउला
इतिहासले झुटको खेती गर्न छोडेको बेला
कुनै दिन नयाँ सूर्य उदाउला ?

०००
चितवन
कविता क्षितिज (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x