साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्रम्प बालाई नानीको आग्रह

चोरै भए पनि मान्छे नै हुन् कुखुरालाई पेरुङ्गामा हालेझैँ हाल्नु हुन्न त कस्तो था नपाको भेडा बाख्रा जस्तो गरी किन धपाको हाम्रा अङ्कल अन्टीहरु ता सारै कामका पो छन् त ए ट्रम्प बा कस्तो चाल नपाको ??

Nepal Telecom ad

हाेम सुवेदी :

ए ट्रम्प बा !
हाम्रा अन्कलहरु र आन्टीहरुलाई
तिम्रोमा आउन किन रोकेको
खुला बाटोबाट आउन दिएनौ त
चोर बाटोबाट नआए के गरुन् ?
के डलरबेगरै यसै मरुन् ?
लुकेर चोरेर भेस बदलेर
शरणार्थी बनेर
तस्कर जस्तो बनेर
चोर जस्तो बनेर
त्यता आउन सारै दुःख पाका छन्
चोरबाटोबाट भए पनि
बल्ल त्यता आका छन्
जे जे गरेर भए पनि
त्यता घुस्न पाका छन्
मानव तस्करहरुले पनि
कतिलाई त्यता पुर्यााका छन्
शरणार्थी भएर धाका छन्
लुकी छिपी आएर
बल्ल अमेरिकी भाका छन्
यता डिकोट नगरिदेऊ न है
सारै दुखले तिम्रामा घुस्न पाका छन् ।

पुलिसले पनि हाम्रोमा जस्तो
घुस खान भनेपछि
मरिगए पनि मान्दा रहेनछन्
राम्रोसँग काम पनि गर्न जान्दा रहेनछन्
हाम्रोमा जस्तो नेता लगाएर पनि
भनेको मान्दा रहेनछन्
आफ्ना आफ्नालाई छान्दा रहेनछन्
यसैले बिन्ती छ बा
हाम्रा अङ्कललाई यता नखेद न ल
हाम्रा आन्टीहरुलाई यता नखेद न ल
बरु इज्राइलक लडाइँमा पठाऊ न
युक्रेनमा लडेझैँयुद्धमा लड्छन्
युद्धको मैदानमा
हाम्रा अङ्कलहरु अघि बढ्छन्
आन्टीलाई पनि नखेदिदेऊ न
बरु भन्छौ भने
तस्करहरुले तिमीलाई
राम्रा राम्रा छानी छानी
भर्खरका आन्टीहरु ल्याइदिने छन्
तिम्रो राष्ट्रियताको महिमा गाइदिने छन्
जनसङ्ख्या कम छ भन्ने सुन्छौँ
ती आन्टीहरुले
भनेजति नानीहरु पाइदिनेछन्
तेल लाइदिनेछन्
मालिस गरिदिने छन्
तिम्रा दुख हरिदिने छन्
सारै बेइज्जत पनि गर्नु हुन्न त
मानवअधिकारको वकालत गर्नेले
यति सारै तल झर्नु हुन्न त
चोरै भए पनि मान्छे नै हुन्
कुखुरालाई पेरुङ्गामा हालेझैँ
हाल्नु हुन्न त कस्तो था नपाको
भेडा बाख्रा जस्तो गरी किन धपाको
हाम्रा अङ्कल अन्टीहरु ता
सारै कामका पो छन् त
ए ट्रम्प बा
कस्तो चाल नपाको ??

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x