साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुटाऊ र राज गर

यही शङ्खनाद गर्दै बारबार उक्साउँछ भ्रमका सन्देशहरू फिजाउँछ जब पक्षले हरेश खाने देख्छ उही विपक्षी युद्ध अपराधी हो भनेर लेख्छ त्यसैमा वहस गर्छ अदालतले पनि उसैका इशारामा फैसला गर्छ ।

Nepal Telecom ad

कपिल अज्ञात :

जो भयानक हतियार बनाउँछ
हतियारहरूको भण्डारण गर्छ
बाहिरबाहिरै लोकतन्त्र र मानवताका
गीतहरू सुनाउँछ, नाटक गर्छ
भित्रभित्रै हतियारहरूको दोकान खुलाउँछ
ग्राहकहरू बढाउँदै गर्छ
भूमिगत बजार नै बसाउँछ
उहिल्यैदेखि चल्दै आएको छ
उसको मूल नीति
फुटाउ र राजगर ।

परस्पर शत्रुभावका देशहरूको खोजी गर्छ
तिनैलाई पक्षविपक्षमा घोषित गर्छ
पक्षलाई पोषित गर्छ
विपक्षलाई शोषित गर्छ
र भन्छ अधिकारका निम्ति हतियार उठाऊ
मौका मिल्ने बित्तिकै पुर्पुरोमा बजाऊ
यही शङ्खनाद गर्दै
बारबार उक्साउँछ
भ्रमका सन्देशहरू फिजाउँछ
जब पक्षले हरेश खाने देख्छ
उही विपक्षी युद्ध अपराधी हो भनेर लेख्छ
त्यसैमा वहस गर्छ
अदालतले पनि उसैका इशारामा फैसला गर्छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x