आर.सी. रिजालमृत्युपछिको जीवन
दुइ/तीन दिनपछि भट्टीको झगडामा प्रहरीको खोरमा पुग्छ। अर्को दिन पुछ्ताछको क्रममा इनिस्पेक्टरले - तँलाई जेलमा कोच्न सक्थेँ। भक्तबहादुरको छोरा भन्ने चाल पाएर एकपटकलाई माफिदिएको छु। कमसेकम बाबुको इज्जतको त ख्याल गर भने।

आर.सी. रिजाल :
भक्तबहादुरको छोरालाई बाटैमा भेटेँ र ए बाबू एउटा कुरा सोध्नु थियो भनेँ।
उसले – सोध्नलाई मलाई किन सोधिरहनु पर्यो ? सोध्नुस् भन्यो।
मैले – हाम्रो संस्थाले “अरुको आँखामा भक्तबहादुर” नामक ग्रन्थ प्रकाशन गर्न लागेको छ। परिवारको तर्फबाट बाबुले एउटा लेख लेख्नुपर्यो र मलाई बुवाको जन्म र देहावसान तिथिमिति भन्दिनपर्यो भनेँ।
उसले – बाउ जन्मेको मैले थाहा पाउने कुरै भएन।खुस्केको मिति कर्मकाण्ड गर्ने अकबरे पण्डितलाई सोध्नू। आफ्नो परिवारलाई नहेरी समाजलाई हेर्ने हाम्रा खुस्केट बाउबारे ग्रन्थ लेखेर केही हुनेवाला छैन भन्यो।
मैले – ए बाबू ! त्यस्ता देवता जस्तो मान्छेलाई कस्तो अपशब्द बोलेको ? यो समाजमा उहाँको ठुलो देन छ। गाउँमा स्कुल, हेल्थपोस्ट, पुस्तकालय, प्रहरी चौकी आदिको व्यवस्था उहाँकै सक्रियतामा भएको हो ।उहाँजस्तो उदारमना व्यक्ति यो समाजमा शिला खोज्दा पनि पाउन मुस्किल पर्छ। त्यस्ताको छोरा हुनपाएकोमा गर्व गर्नुपर्ने भनेँ।
उसले – गर्व हैन, शर्म लागिरा’छ। बाउले सामाजिक कार्यमा सम्पत्ति दुरुपयोग नगरेको भए म आत्मनिर्भर भएर उपरखुट्टी लाएर खान पाउथेँ भन्दै टिमुर्किएर लम्क्यो।
उ दुइ/तीन दिनपछि भट्टीको झगडामा प्रहरीको खोरमा पुग्छ। अर्को दिन पुछ्ताछको क्रममा इनिस्पेक्टरले – तँलाई जेलमा कोच्न सक्थेँ। भक्तबहादुरको छोरा भन्ने चाल पाएर एकपटकलाई माफिदिएको छु। कमसेकम बाबुको इज्जतको त ख्याल गर भने।
उ दायाँबायाँ कतै नहेरी शिर झुक्याएर सरासर घर पुगि बाबुको फोटोलाई हेरेर – मेरा आँखा खुले “मृत्युपछि पनि जीवन” हुँदो रहेछ भनेर आँसु झार्यो।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































