साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहर

माटोमा पनि रोग लाग्छ विषले उब्जा स्वयं घट्दछ । रोगी मानिस बन्छ छर्छ जसले छिट्टै चिता चढ्दछ ।। कार्वाही किन हुन्न बेच्न नहुने छद्मी कला भेषमा । तर्कारी फलफूल अन्न विषले आक्रान्त छन् देशमा ।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

चढ्दै छन् किन रोग दैनिक चुली के छन् बुझौँ कारण ।
खान्छौँ भोजन शुद्ध वा जहरिला को गर्छ खै तारण ।।
तर्कारी हरिया विषाक्त कति छन् बोल्दैन सत्ता किन ।
हाल्छन् धेर किसानले विष कडा जाँच्नै पऱ्यो दिन्दिन ।।१

छर्छन् नित्य किसानले विष घडा गर्छौँ कुरा आपस ।
भान्सामा विष पाक्छ दैनिक जसो खान्छौँ सबै मानिस ।।
जाँच्ने खाद्य भएन चेत जनमा झन् व्यस्त भो’ फुर्सद ।
वृद्धा बालक यौवना सकलमा बढ्दै छ यो अर्बुद ।।२

माटोमा पनि रोग लाग्छ विषले उब्जा स्वयं घट्दछ ।
रोगी मानिस बन्छ छर्छ जसले छिट्टै चिता चढ्दछ ।।
कार्वाही किन हुन्न बेच्न नहुने छद्मी कला भेषमा ।
तर्कारी फलफूल अन्न विषले आक्रान्त छन् देशमा ।।३

केरा आँप अनारमा कटरमा हालेर बेच्छन् विष ।
जाँच्ने हो सरकारले कृषकले हाले लिँदैनन् इख ।।
रोगीको उपचार गर्छ कसले सम्पन्न छैनन् सबै ।
कस्तो हो सरकार रुष्ट अति छन् नेपालवासी सधैँ ।।४

रोगी छन् कति रक्तचाप दमका खाँदा विषादी बढे ।
रोगी छन् मधुमेहका जहरले गर्दा बिरामी परे ।।
छोडौँ हाल्न किसानले विष कडा बिक्ने छ सर्वाधिक ।
तर्कारी फल अन्न शुद्ध रसिला चाहिन्छ अर्गानिक ।।५

०००
लमजुङ, हाल सतुङ्गल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x