साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाेकमरी

"खाेक्राे पेटले कसरी चाैरासी हुन्छ ?" "हुन्छ ओ, हुन्छ ! त्यति वेलासम्म एक थाल मासु भात त खाई हालिन्छ नि नकराऊ न !" "हुन्छ, हुन्छ त्यही गराैँ !"

Nepal Telecom ad

डा. विदुर चालिसे :

लामाे वार्तालाप भयाे । वार्तामा सकारात्मक कुरा पनि भयाे । कुराकाे चुराेकाे व्याख्याले कान टट्टायाे । सुनियाे । बुझे झैं भयाे । काम गर्ने हाैसला बढ्याे । त्यसपछि सडकतिर ओर्लेँ । सडकमा एकजना चिनेजानेकाे अमीरसँग भेट भयाे । उसले मेराे नाकै छेउमा आएर रिसले चूर हुँदै ओैँलाे ठड्याएर भयाे ।

“बुझ्नुभयाे काजी ? अब एकढिक्का हुनुपर्याे ।”
मैले कुरा बुझिन ! दाेहाेर्याएर काजीलाई साेधेँ ।

” के काे लागि ?”
राताे न राताे मुहार लगाएर गुलावी तागतले उकुस मुकुसका साथमा छटपटाइरहेका थिएँ । उनकाे मुखबाट जवाफ अवाक् निस्क्न्थ्याे ।

“चाैरासी !”

उनकाे अस्पष्ट जवाफले मेराे कानका राैँ ठाडा भए । तालुका राैँ सल्बलाए । नाकका राैँ फुरफुरिन थाले । यिनले चाैरासीकाे चुनावमा टिकट ल्याउने भए भन्ने लाग्याे । त्यसपछि ती त्यसै अलप भए । चुनावकाे सुइँकाे पाएर म पनि टिकट खाेज्न सबै तिर धाउन थालेँ । यता गयाे, उता गयाे आखिर कुराे त्यसैकाे रहेछ । हार गुहार गरेँ, कुराे कसैले सुनेन्, खाजा खुवाएँ, कान समातेर प्रतिज्ञा गरेँ, कतिले त हावा उडाएर भन्न थाले ।

“सङ्घर्षकाे इतिहास बेच्नुभन्दा यथार्थकाे गनिमतकाे भाउ खर्च गर्नाेस् ।”

“भाउ” भन्ने शब्द सुन्नासाथ मेराे मनमा एकप्रकारकाे बैराग्य भाव सिर्जना भयाे । आफुले आफैलाई भाउ राख्न र बजारमा बेच्न थालेँ । भाउ बेच्दैजाँदा फाैवन्जारले साेध्याे ।
–“के तपाईसँग हिम्मत छ ?”
–“के काे हिम्मत ?”
–“चुनाव लड्ने !”
–“कसले टिकट दिन्छ र ?”
–“ल ! तपाईं पनि ! चुप लागेर काेठामा बस्नाेस, तर तपाईकाे भाउकाे झाेलाचाहिँ मलाई दिनाेस । झाेलाभरि टिकट चाहिए जति पनि म व्यवस्था मिलाउँछु ।”
त्यसपछि फाैवन्जारलाई भाउकाे झाेला दिएर पर्खेर बसिरहेँ । केही समयपछि मलाई बधाई दिँदै भन्याे ।

“अब तपाईँकाे पनि चाैरासी पक्का भयाे ।”
भान्सा काेठामा र्याङर्याङ गर्ने सिल्वरकाे थाल थचारेर हकार्दै स्वामिनीले भनिन् ।

“खाेक्राे पेटले कसरी चाैरासी हुन्छ ?”
“हुन्छ ओ, हुन्छ ! त्यति वेलासम्म एक थाल मासु भात त खाई हालिन्छ नि नकराऊ न !”
“हुन्छ, हुन्छ त्यही गराैँ !”

अर्काेदिन मलाई टिकट दिने पार्टीले नेतृत्व हाेडकाे घाेषणा गर्याे ।

“अब पार्टीमा भाेकमरी सुरू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x