साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्याराको खोजी

जो गर्छ चोरी निशि चाहदो हो दिवा उज्यालो किन चाहदो हो ? निश्लोट कालो दिन भै दिए त बोल्थेन कोही सब ढाकिए त लौ घामले शिघ्र निशा फिजाऊ कालो अँध्यारो दिन जग्मगाऊ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आयो बिहानी डर लाग्न थाल्यो
सन्त्रासले लाग्छ लघार्न थाल्यो
हिँड्छन् यता मानिस भीड गर्दै
मानौं समस्या बटबार गर्दै ।१

निस्कन्छ जो बाहिर आज मान्छे
पक्रेर लान्छे मुखमा घुसार्छे
बस्दो लुकी चाल कुनै न गर्दी
बाएर आँ आँ मुख घोर गर्दी ।२

सामान जम्मै दिनमा किनेर
ओसार्न पर्ने छिनमा लुकेर
देख्यो भने ठोक्छ पुगेर ताहीँ
नेपालका रक्षक भन्नु चाहिँ ।३

देखे उज्यालो मन थामिदैन
दो चार गफ्फा नगरी भएन
हेरौं तमासा अब के हुने हो
खै ओखती क्यै यसको बने हो ।४

जात्रा र मेला सब मान्नुपर्ने
आफैं ठुला हौं अझ भन्नुपर्ने
सिठ्ठी बजायो कुन हो नयाँ छ
डन्डा चलायो किन खै यहाँ त ?५

पारेर जम्मा सब पथ्थरादि
बर्साउने देख्छु जमात साथी
भो भो छिटै रात बना न दैव
सक्ने भए दे निशि लौ सदैव ।६

माग्दैन मान्छे निशिमा दवाई
आवाज उच्चा कसिलो बनाई
दे दे सधैं रात बना अँध्यारो
हामी सबैको प्रीय रात कालो ।७

श्रीकृष्णको जन्म भएर राति
बोकी पुगाए अझ राति राति
यस्तै अनौठा पल आउँथे कि
नेपालमा रात उदाउथे कि ?८

सारा भए आक्रमणै निशामा
मार्ने र काट्ने अभिधा कथामा
वार्ता हुने गर्दछ रातमा नै
मानौ छ शंका दिनमा भने झैं ।९

कालो छ यो हेर विधान हाम्रो
फाल्दै छ आगो मुखबाट लप्को
हार्नेहरू ती शिखरै चढेका
छन् माथिसम्मै पदमा पुगेका ।१०

हारेर जाने निशिमै गएको
बेकार नै हो कि चुनाव भाको
खोलेर दैलो जब रातमा नै
भित्रन्छ मान्छे सदनै सबै झैं ।११

के गर्न गर्छौ अब यी तमास
रातै परे संसद डाक खास
छोरा र छोरी सब भाइ राख
आफन्तमात्रै चुन भीडबाट ।१२

आनन्दले मानिस सुत्न देऊ
भै गो बिहानी अनि छुट्टि लेऊ
प्यारा भनी भाषण धेर गर्नू
सिन्को कसैले अब छैन भाँच्नु ।१३

खेती गरौँ खै मल पाइँदैन
मन्त्री कतै लाइन लाग्न छैन
भो भो न दे त्यो दिन हुन्छ हल्ला
बेकार बोल्छन् अझ धेर चल्ला ।१४

मान्छे घरैमा भर रात सुत्छ
दोकानमा त्यै पल चोर घुस्छ
जो गर्छ चोरी निशि चाहदो हो
दिवा उज्यालो किन चाहदो हो ?१५

निश्लोट कालो दिन भै दिए त
बोल्थेन कोही सब ढाकिए त
लौ घामले शिघ्र निशा फिजाऊ
कालो अँध्यारो दिन जग्मगाऊ।१६

०००
भरतपुर ५, नारायणपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x