जगदीश्वर पाेखरेललावालस्कर ठगको
तस्कर डुलुवा बेच्छन् माता आर्जन गतिलो इज्जत नदिने मान्छे मार्ने स्रोत छ सजिजो सादर मनितो आफ्नै गर्ने स्नेह छ परको हुर्मत छ लिने लामो लावालस्कर ठगको ॥

जगदीश्वर पोखरेल :
भीषण पहिरो धर्ती फाट्यो खाडल गहिरो
नाटक घटिया मान्छे बेच्दै गर्दछ अहिरो
चिन्तन नगरी खान्छन् भत्ता आदत ननिको
काम सब लुटी खाने लावालस्कर ठगको ॥१
बेच्दछ सरिता छानी छानी किन्दछ नकटो
आदर नगरी बोल्ने पेल्ने दुर्जन अपुतो
स्नेहिल धरती पुर्खा नासो वैभव सबको
नाम छ कपटी घाती लावालस्कर ठगको ॥२
बेच्दछ सजिलै छोरी चेली लज्जित अवनी
भन्दछ बिचरा मूर्छा पर्दै व्यर्थ नर जुनी
मानव पशु हो चेली बेच्ने देश र घरको
झुण्ड छ ननिको ठूलो लावालस्कर ठगको ॥३
तस्कर डुलुवा बेच्छन् माता आर्जन गतिलो
इज्जत नदिने मान्छे मार्ने स्रोत छ सजिजो
सादर मनितो आफ्नै गर्ने स्नेह छ परको
हुर्मत छ लिने लामो लावालस्कर ठगको ॥४
आर्जन धनको मात्रै गर्ने देश अब खियो
मानिस किन हो दागी बन्ने दुख्छ अति हियो
केबल धनको चर्चा गर्ने आदत उसको
लुट्न छ चतुरो औधी लावालस्कर ठगको ॥५
०००
पाउँदी, लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































