सञ्जय साह मित्रजुँगा
अब यो जमिनको लेनदेनको कुरा सुनें भने जग्गा बेचेर पनि नसकिने मुद्दा चलाउँछु । अब जानोस् । झगडा हुँदा बन्दै नहुने दाजुभाइ दुवैका मुख खुलेनन् । केवल हल्लियो – हुन्छ ।

सञ्जय साह मित्र :
तेरो एक बित्ता लिन्न – दाइलाई भन्यो ।
तँलाई एक बित्ता दिन्न – दाइले भन्यो ।
एस्सै कुरामा बेस्सै झगडा भयो । कोई बाँकी रहेनन् । दाजुभाइको झगडामा गालीगलौच इज्जतको कुनै पक्ष बाँकी रहेन । दाजुभाइ मात्र विरोधी रहे । छोराछोरी, आमाबुवा सबै गालीमा नालीमा भासिए । छिमेकीहरू भलादमी थिए, कस्सैले केईँ बोलेनन् । घरका अन्य सदस्य पनि शुद्ध दर्शक बनिरहे ।
जब हात हालाहाल भयो, अलेलि कुटाकुट र टाउको फुटाफुट हुँदाहुँदै तब फिल्मी शैलीमा पुलिसको गाडी आयो । गस्तीमा रहेको गाडीलाई दुवैलाई मस्तीमा लग्यो । चिसो छिँडीमा एक रात जाकेपछि भोलिपल्ट बिहान न्यायो घाममा तातो चियाको चुस्की लिँदै हल्ला नगर्ने हल्दारले हल्लिँदै सोधे – चिया खानुहुन्छ ?
रातभर अन्न न पानी भएको र मच्छरले खूब साथ दिएको दाजुभाइले टाउको हल्लाए, हुन्छ ।
चियाको आदेश भयो । चियासँगै ठानाको हाकिम पनि आए । सप्पै कुरा बुझिसकेका थिए । रिस शान्त भइसकेको ठानेर ठाना प्रमुखले जिज्ञासा राखे – न कुरा एक बित्ताको । न दिने र न त लिने । अनि झगडा के हो ?
मलाई उसले जमिन हडपुवा बुझ्यो – दाइलाई भन्यो ।
जग्गाको सिमानाको विवादै थिएन । सबै कुरो जहाँको तहीँ छ, ठिक छ । जुँगा चल्यो कुरा बुझ्यो । लडाइ जुँगाको मात्र छ ।
कड्केर ठानेदारले भने – अब यो जमिनको लेनदेनको कुरा सुनें भने जग्गा बेचेर पनि नसकिने मुद्दा चलाउँछु । अब जानोस् ।
झगडा हुँदा बन्दै नहुने दाजुभाइ दुवैका मुख खुलेनन् । केवल हल्लियो – हुन्छ ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































