साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा

अब यो जमिनको लेनदेनको कुरा सुनें भने जग्गा बेचेर पनि नसकिने मुद्दा चलाउँछु । अब जानोस् । झगडा हुँदा बन्दै नहुने दाजुभाइ दुवैका मुख खुलेनन् । केवल हल्लियो – हुन्छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

तेरो एक बित्ता लिन्न – दाइलाई भन्यो ।
तँलाई एक बित्ता दिन्न – दाइले भन्यो ।
एस्सै कुरामा बेस्सै झगडा भयो । कोई बाँकी रहेनन् । दाजुभाइको झगडामा गालीगलौच इज्जतको कुनै पक्ष बाँकी रहेन । दाजुभाइ मात्र विरोधी रहे । छोराछोरी, आमाबुवा सबै गालीमा नालीमा भासिए । छिमेकीहरू भलादमी थिए, कस्सैले केईँ बोलेनन् । घरका अन्य सदस्य पनि शुद्ध दर्शक बनिरहे ।

जब हात हालाहाल भयो, अलेलि कुटाकुट र टाउको फुटाफुट हुँदाहुँदै तब फिल्मी शैलीमा पुलिसको गाडी आयो । गस्तीमा रहेको गाडीलाई दुवैलाई मस्तीमा लग्यो । चिसो छिँडीमा एक रात जाकेपछि भोलिपल्ट बिहान न्यायो घाममा तातो चियाको चुस्की लिँदै हल्ला नगर्ने हल्दारले हल्लिँदै सोधे – चिया खानुहुन्छ ?

रातभर अन्न न पानी भएको र मच्छरले खूब साथ दिएको दाजुभाइले टाउको हल्लाए, हुन्छ ।
चियाको आदेश भयो । चियासँगै ठानाको हाकिम पनि आए । सप्पै कुरा बुझिसकेका थिए । रिस शान्त भइसकेको ठानेर ठाना प्रमुखले जिज्ञासा राखे – न कुरा एक बित्ताको । न दिने र न त लिने । अनि झगडा के हो ?
मलाई उसले जमिन हडपुवा बुझ्यो – दाइलाई भन्यो ।

जग्गाको सिमानाको विवादै थिएन । सबै कुरो जहाँको तहीँ छ, ठिक छ । जुँगा चल्यो कुरा बुझ्यो । लडाइ जुँगाको मात्र छ ।
कड्केर ठानेदारले भने – अब यो जमिनको लेनदेनको कुरा सुनें भने जग्गा बेचेर पनि नसकिने मुद्दा चलाउँछु । अब जानोस् ।
झगडा हुँदा बन्दै नहुने दाजुभाइ दुवैका मुख खुलेनन् । केवल हल्लियो – हुन्छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x