साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्दैन कोही पनि

जाली धूर्त असभ्य छन् खलहरू, सत्ता तिनै हाँक्दछन् । राम्रा विज्ञ सुयोग्य भद्र मनुवा, हेपाइमा पर्दछन् ।। हालै अस्ति हिजो उहीजनहरू, बन्दै गए झन् धनी । मान्छे होइन देश बोक्दछु म ता, भन्दैन कोही पनि ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

कस्तो खेल चल्यो यहाँ मुलुकमा, मान्छे खराबी बने ।
सत्ता शासनमा सभा सदनमा, उत्पात मात्रै भए ।।
उल्का काण्ड रचेर ताण्डव गरी, हिँड्छन् अगौटे बनी ।
पार्टी होइन देश राख्छु शिरमा, भन्दैन कोही पनि ।।-१

मान्छे छन् दलका विभिन्न गुटका, सल्लाह हल्ला भए ।
कैयौँ झेल र खेलका कदमले, सङ्कष्ट ज्यादा दिए ।।
सारा प्रौढ युवा समस्त जनक‍ो, भत्क्य‍ो अहो ! जीवनी ।
पार्टी होइन देश पुज्दछु म ता, भन्दैन कोही पनि ।।-२

बारी खेत कुँडारझैँ हक धरी, खुर्पा छ मेरै भनी ।
बिर्ताझैँ किन ? ठान्दछन् मुलुक यो, भन्छिन् उनै मेदिनी ।।
पैसा गेह हिरा जुहारत जले, रुन्छन् अरे हा ! भनी ।
पैसा होइन देश राख्छु मुटुमा, भन्दैन कोही पनि ।।-३

कालो मेघ खडा हुँदा गगनमा, फिक्का छ है चाँदनी ।
मान्छे बाघ हुँडारझैँ हुन गई, लाखौँ ह-यो जीवनी ।।
हाहाकार भयो छ क्रन्दन खुबै, को गर्छ खै सोधनी ?
पार्टी होइन देश रोज्दछु म ता, भन्दैन कोही पनि ।।-४

जाली धूर्त असभ्य छन् खलहरू, सत्ता तिनै हाँक्दछन् ।
राम्रा विज्ञ सुयोग्य भद्र मनुवा, हेपाइमा पर्दछन् ।।
हालै अस्ति हिजो उहीजनहरू, बन्दै गए झन् धनी ।
मान्छे होइन देश बोक्दछु म ता, भन्दैन कोही पनि ।।-५

कोही सन्तमहन्तझैँ रङ दली, नौला कुरा खोक्दछन् ।
कोही मानिस नक्कली छवि धरी, चर्का कथा रच्दछन् ।।
कोही जब्बर चण्ड मुण्ड बनिँदा, पुग्छन् नि खाल्डोमुनि ।
पार्टी होइन देश ढ‍ोग्छु सहजै, भन्दैन क‍ोही पनि ।।-६

०००
बट्टार, नुवाकोट !
हाल:- माछापोखरी, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x