साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दङ्ग जनावर

पालै पालो आउँछन् पटक पटक आउँछन् जसले जति ढाँचा फेर्छन् जसले जति रङ फेर्छन् उहीसँग दङ्ग छन् आलाकाँचा जनावर।

Nepal Telecom ad

राजेन्द्र कार्की :

धुम छ
उधुम छ
प्रतिस्पर्धा छ
स्याल, ब्वाँसो र हुँडार
सिनो डकारी डकारी
को बन्ने ठुलो शाकाहारी
पालै पालो घोषणा छ
हैन भन्नेलाई गालीको हकारी छ
हो भन्नेलाई तालीको भकारी छ।

बाघको छाला ओढेर
थरीथरी रङका स्याल
डाडा वारिपारी जताततै
एकै स्वरमा हुइहुइ गर्छन्
आफ्नो ठगी “भगवानको हगि” भन्दै
ब्वाँसो र हुँडारको लुट मात्र देख्छन्
ठोक्छु टोक्छु रटान गर्छन्
एक एक तनाबाना बुन्छन्
नयाँ हुँ बेदागी छु, रटान लाउँछन्।

स्याल भन्दैछ
सिनो छुन्न
खरायो खान्न
खोरबाट कुखुरा बाख्रा लान्न
घोषणा गर्छ
हामी शाकाहारी बन्छौं ।

वर्षौ वर्ष चोसो बजाउने
ब्वाँसो सबैभन्दा चोखो भन्छ
टाटो भए पनि ब्वाँसोमा फाटो छैन
तन्नेरी स्यालसँग दरार छ
करारमा चर्का चर्की छ
रनबन कसले जलायो?
स्याल र्याखर्याख्तीमा छ ।

मांसको अंश नछुई
हात्ती ठुलो हुन सक्छ
ब्वाँसो किन हुन सक्दैन?
उल्टै प्रति प्रश्न गर्दै भन्छ
अब मृगले मर्ने छैनन्
अब हरिण हराउने छैनन्
गोठबाट गाई गायब हुने छैनन्
ब्वाँसो शाकाहारी बन्ने छ।

ओढारबाट निस्केका हुँडार
आफै भित्रको रडाकोले थकान छन्
इतिहासको बखान छन्
सिनो लुछाचुँडी अर्कैलाई दोष छ
भित्र जे भए पनि बाहिर जोस छ
आरोप–प्रत्यारोपमा होस छ
स्यालसँग गरम छ
ब्वाँसोसँग नरम छ।

भन्छ
जंगल सबैको साझा हो
अर्ना र भैसीको हो
जेब्रा र निल गाईको हो
हरियो घाँस हाम्रो नीति हो
शाकाहारी बन्ने हाम्रो लक्ष्य हो
जंगल सबैको साझा हो
अब जंगलमा
कोही मारिने छैन
कसैले सिनो खाने छैन
अब के को लुछाचुँडी?

पालै पालो आउँछन्
पटक पटक आउँछन्
जसले जति ढाँचा फेर्छन्
जसले जति रङ फेर्छन्
उहीसँग दङ्ग छन्
आलाकाँचा जनावर।

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x