साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म लुते

उनैसँग खुसी देउता देवी उनकै दान दक्षिणा हेवी लुटेपनि कुटे पनि उनकै जयगान जति लुट्यो जति कुट्यो उति सान इमानको बेइमानले कपडा उतार्नी म लुते जति जुटेपनि नपुग्ने धार्नी पुगोस् धार्नी कसरी ?

Nepal Telecom ad

राजेन्द्र कार्की :

म लुते
कतिले कुटे
न भनिसाध्य छ
न गनिसाध्य छ
स्कुलमा कुटे
कलेजमा कुटे
कार्यालयमा कुटे
समाजमा कुटे
साथीले कुटे
माथिले कुटे
छिमेकीले कुटे
आफ्नाले कुटे
अर्काकाले कुटे
नकुट्न पनि किन ?

न धन छ
न मान छ
न अभिमान छ
केवल इमान छ
इमानको अपमान छ
जमाना वेमान छ
वेमानको मान यामान छ
मान धन सबै उनकै छ
जे जे भन्छन् मान्नु
नमाने आफैलाई पुर्ने खाल्डो खन्नु ।
खाल्डो नखन्नु पनि किन ?

उनकै बोली मिठा
उनकै गोली छिटा
गुट उपगुट उनकै ठूला
झुटमुट सबै उनकै खुला
मुसोलाई हात्ति बनाउँछन्
हात्तीलाई मुसो बनाउँछन्
गुटका छन थरिथरि धुरी
गुटका नाइकेका छन् चुरीफुरी
उनै छन् उपकारी परोपकारी
उनै छन् समाजसेवी
उनै उठाउँछन् लेवी
उनैसँग खुसी देउता देवी
उनकै दान दक्षिणा हेवी
लुटेपनि कुटे पनि उनकै जयगान
जति लुट्यो जति कुट्यो उति सान
इमानको बेइमानले कपडा उतार्नी
म लुते जति जुटेपनि नपुग्ने धार्नी
पुगोस् धार्नी कसरी ?

म लुते
जहिले फुटे
जहिले टुटे
लुतेको कहिले पुग्ने धार्नी ?
अनि कसरी किलो सार्नी ?

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x