साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाजवादी चिया

अब पुलिसलाई यो पुतलालाई के गर्ने भन्ने ठुलै समस्या आइपर्‍यो । पुलिसले आफ्ना ठुला अफिसरलाई सोधे, ‘सर, यो पुतला कहिलसम्म बाटो छेकेर बस्छ र ? यसलाई जलाइदिम् कि नष्ट गरिदिम् ?’

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

पटनाबाट कांग्रेसको महासमितिको महाधिवेशनबाट हाम्रा दाजु फर्किनुभएको थियो । म उहाँसँगै चिया पिउँदै थिएँ । मैले सोधें, ‘यसपालिको समाजवाद कस्तो रह्यो त ?’
उहाँले भन्नुभयो, ‘यसपालि जुलुसमा पन्ध्रवटा हात्ती थिए ।’
मैले सोधें, ‘हात्ती काला थिए कि सेता ?’

उहाँ उत्तरिनुभयो, ‘काला थिए । तर… अँ, अर्को अधिवेशनसम्म त यी पनि सेता भइहाल्छन् ।’
म उहाँलाई चिया रिकापीमा खन्याएर ‘पूmः पूmः’ गर्दै पिउँदै गरेको हेर्दै थिएँ ।
सोधें, ‘यसरी फुकी फुकी चिया किन पिउनुहुन्छ ?’

उहाँले भन्नुभयो, ‘कांग्रेसम्यान हुँ नि त ! बानी परेको छ । हामी समाजवादलाई फुकेर नै पिउँछौं ।’
सोधें, ‘उसो भए के त, तपाईंहरूले चिया पिउने तरिका हेरेर नै समाजवादी प्रकार पनि थाहा पाउन सकिन्छ ?’
उत्तर – हो, हामी अनि प्रसोपाका मान्छेहरू यसै गरी फुकेर नै चिया पिउँछौं । भारतीय साम्यवादी दलकाहरू कपबाट तात्तातो चिया पिउँछन् । माक्सर्वादी साम्यवादीलाई अलि हतार हुन्छ त्यसैले चियाको कितलीको धारो मुखैमा लगाएर खन्याउँछन् अनि नक्सलपन्थीहरू भल्किरहेको चियाको डिगचीमै मुख डुबाउँछन् ।’

मैले भनें, ‘यस देशमा संयुक्त समाजवाद पनि छ । संयुक्त समाजवादीहरू कसरी पिउँछन् त चिया ? जस्तै, राजनारायण कसरी चिया ग्रहण गर्नुहुन्छ होला ?’
उहाँले भन्नुभयो, ‘राजनारायणले त चियाको कितलीलाई नाकमै लगाउलान् ।’

अफिसर कवि
एकजना कवि थिए । उनी राज्य सरकारका अफिसर पनि थिए । अफिसर जब छुट्टीमा जान्थ्यो तब ती कवि बन्थे अनि कवि विदामा बसेको बेलामा अफिसर बन्थे ।
एकपटक पुलिसको गोली चल्दा दशबाह्र जना मारिए । उनले एउटा कविता लेखेर छपाए । कवितामा यस काण्डको र मुख्यमन्त्रीको निन्दा गरिएको थियो ।

कसैले मुख्यमन्त्रीलाई त्यो कविता पढ्न दिएछ । अफिसर तबसम्म विदाबाट फर्केर आइसकेको थियो । जब उसले यो कुरो थाहा पायो अनि ऊ आत्तियो र कविलाई विदामा बस्न पठायो ।
अफिसरले एकजना प्रभावशाली नेतालाई समात्यो र भन्यो, ‘मलाई मुख्यमन्त्रीज्यूसँग भेटाइदिनुपर्‍यो । उहाँबाट मलाई माफ गराउनुपर्‍यो ।’

नेताले उनलाई मुख्यमन्त्रीकहाँ पुर्‍याए । उनले परिचय दिएका मात्र के थिए, कविले मुख्यमन्त्रीका चरणमा शिर राखिदिए ।
मुख्यमन्त्रीले भने, ‘यी व्यक्ति त्यो कविता लेख्ने कवि हुनै सक्दैनन् ।’

पुलिसमन्त्रीको पुतला
एउटा राज्यमा एउटा सहरका मानिसहरूमाथि पुलिसको अत्याचार भएपछि मानिसहरूले पुलिसमन्त्रीको पुतला जलाउने निणर्य गरे ।
पुतला बडेमानको ज्यान भएको र डरलाग्दो अनुहारको बनाएका थिए ।
तर १४४ दफा लागु भयाे र पुतला पुलिसको कब्जामा पर्‍यो ।

अब पुलिसलाई यो पुतलालाई के गर्ने भन्ने ठुलै समस्या आइपर्‍यो । पुलिसले आफ्ना ठुला अफिसरलाई सोधे, ‘सर, यो पुतला कहिलसम्म बाटो छेकेर बस्छ र ? यसलाई जलाइदिम् कि नष्ट गरिदिम् ?’
अफिसरहरूले भने, ‘अचम्म गर्छौ ! मन्त्रीको पुतला हो । हामी त्यसलाई कसरी जलाउन सक्छौं ? जागिर जोगाउनु छैन र ?’

यत्तिकैमा रामलीलाको समय आयो । एउटा ठुलै पुलिसअफिसरलाई ‘ब्रेनवेभ’ भयो । उसले रामलीलाका मान्छेलाई बोलाएर भन्यो, ‘तिमीहरूलाई दशहरामा जलाउन रावणको पुतला चाहिन्छ नि ? यसैलाई लैजाओ । यसमा नौवटा टाउकाको मात्र कमी छ, त्यो लगाउनू ।’

०००
(यसपालि ‘परसाईं रचनावली २’ बाट ‘लघुकथा’ परिच्छेदका तीनवटा लघुकथाहरू रहेका छन् । ती क्रमशः ‘समाजवादी चाय’, ‘अफसर कवि’ र ‘पुलिस-मन्त्री का पुतला’बाट अनुवाद गरिएका हुन् – अनुवादक )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x