साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के को नयाँ वर्ष !

खल पात्र उनै हुन् गाँड कोराकोर उही छ नाक फोरफोर उही छ अनि के छ नयाँ ? मैले माने पनि नमाने पनि दुनियाँले माने पछि श्राद्धेमा बिरालो बाँधेर फले पनि नफले पनि भन्ने प-यो फलोस फुलोस नयाँ वर्ष ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

ए नयाँ वर्ष
भन् त लौ
किन मनाऊँ हर्ष ?
किन मनाऊँ नयाँ वर्ष ?

बाउ पुरानै छन्
आमा पुरानै छन्
अनि,
उही लोग्ने
उही स्वास्नी
कुरोकन्थो उही छ
घुरमा चाहुरे छन्
दुरमा लाहुरे छन्
ए नयाँ वर्ष
भन्त लौं
अनि के छ नयाँ ?
के को हर्ष

के को नयाँ वर्ष ?
किन मनाऊँ नयाँ वर्ष ?

अघांलोमा
पुरानै गर्ल फ्रेन्ड
पुरानै बोइ फ्रेन्ड
उही थोत्रो बात छ
उही थोत्रो रात छ
थकान उही छ
मकान उही छ
अनि,
अनि के छ नयाँ ?
के को हर्ष
के को नयाँ वर्ष ?
किन मनाऊँ नयाँ वर्ष ?

खोर उही छन्
गोठाला उही छन्
बथान उही हुन्
बखान उही हो
उखान उही हो
पात्र उनै हुन्
खल पात्र उनै हुन्
गाँड कोराकोर उही छ
नाक फोरफोर उही छ
अनि के छ नयाँ ?
के को हर्ष
के को नयाँ वर्ष ?
किन मनाऊँ नयाँ वर्ष ?

पुरानै छ नाम
पुरानै छ काम
पुरानै छ दाम
घाम उनै छन्
जुन उनै छन्
विहान उही हो
दिन उही हो
अनि नयाँ के छ ?
केही छैन
अनि के को हर्ष ?
अनि किन मनाऊँ नयाँ वर्षा ?

मैले
माने पनि
नमाने पनि
दुनियाँले माने पछि
श्राद्धेमा बिरालो बाँधेर
फले पनि
नफले पनि
भन्ने प-यो
फलोस फुलोस नयाँ वर्ष
अझ,
नछुटाई भन्ने प-यो
नयाँ वर्ष को शुभकामना ।

०००
२०२५।४।१३
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x