साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाइतालामुनि र शिरमाथि !

पाइतालामुनि माटोको देश र शिरमाथि -सूर्यचन्द्र -तारा -घामपानी -बादल र शीतको सप्को छाती छोपेका छौँ भनेर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

पाइतालामुनि
छ माटो
शिरमाथि
छ आकाश भनेर
हामी
कहिले
ताराहरू हेर्छौ
कहिले
जून हेर्छौँ
कहिले
आकाशबादलको
लुकामारी खोजिरहेका हुन्छौँ
जमिन छ भनेर
पाइतालामुनि
माटो टेकेको बहाना
विश्वास बनेर उभिन्छ
यसर्थ म
देशको हिसाब गर्छु
विधिविधानको रमाइलो
गफ ओठहरू कुर्लिन्छु
चुनाव नाटकको
जालीदार रङ्गमञ्च छँदै छ
म पक्ष उभिन्छु
विपक्ष ओच्याउँछु
नारा उचाल्छु
-लाल सलामका
-जय नेपालका
-अभिवादनका
-देश बचाऊका
-धर्मरक्षाका
-संस्कारसंस्कृतिका
मिथ्याका धमिला
भेल पौडेर
भ्रमका सिरकले
सर्लक्क शिर छोपेर
दिग्भ्रमित यात्राका
असङ्ख्य गौँडा ठोक्किदै
हामी
बारुदका ओच्छ्यान जलिरहेछौँ
सुपरसोनिकका
बाक्ला
असाध्य ताता सिरक
जलिरहेछौँ एकटुक्रो सास
एक पित्को शरीर
र नारा उचालिरहेछौँ
-जय नेपालका
-लालसलामका
-घृणाको पहाड राजा आऊका
-नेता ल्याऊका
सडकमा नारा ओच्छ्याएर
ताता बारुद बलिरहेछौँ
राडार निशानका
शिरमा आकाश
जलिरहेछौँ सुपरसोनिकका
ताता हर्हराउँदा मुस्लाहरू
कति भ्रम बाँचेका छौँ
पाइतालामुनि
माटोको देश
र शिरमाथि
-सूर्यचन्द्र
-तारा
-घामपानी
-बादल
र शीतको सप्को
छाती छोपेका छौँ भनेर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x