साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थप्पड

Nepal Telecom ad

पुराना कागजपत्र, पुस्तक, डायरी थन्क्याउने क्रममा एउटा डायरी भेटेँ । २०५१ सालको मेरो त्यो डायरीमा राजनीतिक पार्र्टीलाई व्यङ्ग्य शीर्षकमा छोप (मुक्तक) नाममा केहिकुछ लेखेको रहेछु । ०५१ असार १५ गते लेखिएका यी हरफ यहाँ जस्ताको तस्तै राखेको छु । असारको मध्य चटारोमा जनताजनार्दन खेती किसानीमा थिए होलान् म चैं राजनीतिको आकाशे खेती गरिरहेको रहेछु । म कवि त हैन, तर मलाई धेरैले पटके कवि भन्छन् वास्तवमा हो रैछ । ल त छोप पढ्नुस्, आफूलाई पनि ०५१ सालतिरै लगेर ।

काङ्ग्रेस :
सुकिला कुर्ता मुखमा पान,
गँजेडी गफमा कत्रो शान ।

एमाले :
बहुदलीय जनवादी, नौलो जनवादी एमाले,
शोकलाई शक्तिमा बदल्छौं भन्छन्
नुन खाएर झोक्रिएका यी भाले ।

राप्रपा :
ठूलठूला पेट झुसिलो डकार,
नयाँ प्रजातन्त्रवादी
पञ्चायतका खकार ।

संयुक्त जनमोर्चा ः
फुट फुट फुट हैन
इन्चि, इन्चि, इन्चि
मिटर कैले हुँदैन ।

सद्भावना :
धोती, कुर्ता र हिन्दी,
भारतका फिरंगी ।।

नेमकिपा :
नेमकिपा,
देश मरु झ्या ।
देशैभरि नभएको झ्याल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x