साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केको अनौठो भयो ?

Nepal Telecom ad

खाजा बन्छ भुटेर खान्छ दुनियाँ केको अनौठो भयो ?
माटो उर्बरमा ऊ बन्दछ बियाँ केको अनौठो भयो ?

भाग्यो फुत्त कता चुसी रगत त्यो उफ्रेर के भन्दछौ ?
यस्तै कर्म थियो र गर्छ उपियाँ केको अनौठो भयो ?

हाम्रो निम्ति फलाम बन्छ बलियो यस्तै न हो सत्यता,
उस्को निम्ति चुनौति बन्दछ खिया केको अनौठो भयो ?

मेरो यो व्यबहारबाट जननी भन्दै थिइन् पुत्र हे !
एक्लै जाउ, नलेउ आज हँसिया केको अनौठो भयो ?

यौटै कारण हुन्छ बाबु नहुने सन्तुष्ट छोरीसित,
छोरो अन्तिमकाल गर्छ किरिया केको अनौठो भयो ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x