साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ यहाँ यस्तै छ

Nepal Telecom ad

सान्नानी यस्तै छ यहाँ यस्तै छ
मान्छे मान्छे जस्तो पनि छ
अमान्छे जस्तो पनि छ,
फरक पनि छ मान्छे, मान्छेमा
समानता पनि छ मान्छे, मान्छेमा
बस् यति हो कसैले बुझेर फरक ठान्छ
कसैले नबुझी फरक ठान्छ ।

तिमी र म जस्तै
म र तिमी जस्तै
कैले नभएकै पनि सही भएको कुरा गर्छाै
कैले भएकै पनि नभएको भान पार्छौ,
तिमी जानेर पनि नजाने झैँ गर्छाै होला
म नजानेर पनि जाने झैँ गर्छु ।

हामी र देश जस्तै कैले नभएकैलाई धेरै भन्छौँ
र धाक लगाउँछौ
कैले भएको पनि कस्तुरीको विना झैँ
खोजी हेर्छाैँ टाढासम्म
पहिचानमा हराएका छौँ कहिले,
भएका क्षमता नचिनेर पछि परेका छौँ
कहिले ठूला सपना साँचेर पछि प¥यौँ ।

कैले लहलहैमा लागेर
कैले सुगन्ध खोज्न हिँड्यौँ हामी,
कैले परीक्षणमा लाग्यौँ ।
त्यसैले हामी यहाँ छौ
नितान्त प्राचिन एवं प्रारम्भिक युगमा
जहाँ हाम्रा छिमेकी पहिला थिए,
बस् यस्तै छ यहाँ यस्तै छ
नयाँ नाम छ, काम नभए पनि शान छ ।

फोस्रो आडम्बर छ
कम्तिमा पनि एक बोल्ने बाटो छ हाम्रो
गफ गरेरै पनि खान त पाउनु प¥यो
बस् त्यही एउटा खेती छ
बस् यस्तै छ यहाँ यस्तै छ ।

आँखिभुईँ– ८, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x