साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शीलाको लीला

Nepal Telecom ad

मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी सुकाउने भदौको झलमल्ल घाम जस्तो । अनि, मति यही नै हो जो छिनमा उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर मात्र होइन, पूर्वबाट पश्चिम र पश्चिमबाट पूूर्व हानिन पनि बेर लाउँदैन । यति मात्र कहाँ हो र ! यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । कुरो बुझ्नु भो कि नाइँ ? नबुझे एकछिनमा बुझ्नु हुन्छ ।
बेसोमतिहरुका सहमतिका कुरा सुन्दासुन्दा शङ्किएको तपाईंको मनमा मति र श्रीमतीको केही नाता त छैन ? भनेर कुरो खेल्न सक्छ । अर्काले प्याच्च भनेका कुरा थ्याच्च बस्ने ठाउँ नभएको तपाईंका मनमा कुरा खेल्ने भकुण्डे चउर नै छ । कसले नथा’पा कुरा हो र ? तपाईंको मनको शङ्का अरुका त के कुरा ! हनुमानले सातो उडाएका लङ्काका मान्छेले पनि चाल पाउँछन् ।

‘आज खाना खान बेलैमा आइस्योस् है ।’ वर्षौँदेखिको विनम्रताको अनिकाललाई सहकालमा परिणत गर्दै शीलाले मीठो आवाज निकालिन् । सधैँ ठुस्किइरहने शीलाको लीला देखेर दिलेको दिमाग दङ्गियो । केही भनूँ भने अघिपछिर्झैं दाउराको झटारो आइलाग्छ कि भत्रे त्रासले बास बस्न आयो उसका मनमा । यति हुँदाहुँदै पनि कुत्रि किन हो आज दिलबहादुरले धार्नीको टाउको हल्लाएर श्रीमतीको आग्रहलाई स्वीकार ग¥यो । होसमा हल्लायो वा बेहोसमा उही जानोस् । तर दिलेले सबैले देख्ने गरी रामै्रसँग टाउको हल्लायो ।

भान्सामा कहिले पिरो हालेर पिरोल्ने कहिले नुनैनुन छिरोल्ने शीलाले आज सबैथोक चट्ट पारिन् । इन्द्रको चौरासी व्यञ्जनभन्दा पनि चर्को भो आजको उनको बनाइतुल्याइ । बनाउनै नजानेकी त कहाँ हुन् र उनले ? बूढाका टाउकामा गिर खेलेर खिर खान थालेपछि मात्र आजभोलिका बजारमा सुनको भाउ बढेजस्तै उनको पनि भाउ अकासिएको ।

‘आइस्योस् । खाना तयार छ ।’ शीलाले भरखरै घाँसको भारी बिसाएर भित्रिएका आफ्ना बूढालाई आग्रह गरिन् ।

‘आज के भइरहेछ कुत्रि ? म सपनामा छु कि विपनामा ?’ दिलेको दिमाग दिग्भ्रमित भयो । तैपनि आफ्नै श्रीमती हो भनेर मनमा अनेक कुरा खेल्दाखेल्दै पनि विश्वास ग¥यो । हातगोडा धोयो । किलामा झुन्ड्याएको रुमालले चिसो हात पुछ्यो । सधैँ मैलो पिर्का ओछ्याउने भान्सामा आज भरखर बुनेको नयाँ गुन्द्री छ । छुँदा पनि मैलो लाग्ला जस्तो चटक्क परेको नेपाली गलैँचा छ गुन्द्रीमाथि । दिले अकमकायो । शीलाको लीला बुझ्न नसकेर ऊ केही हच्कियो पनि । बूढाको मनोभाव नियालिरहेकी शीलाले कुरो बुझिन् र फेरि दोहो¥याइन्,— ‘बसिस्योस् भन्या । त्यही गलैँचामाथि बसिस्योस् न ।’

मान्छेको मन न हो । दिलबहादुरको शङ्का बढ्दै गयो । ऊ दसैँमा मार हात्र ठिक्क पारेको खसीलाई मार हात्रुअघि घाँस हालेको सम्झिन थाल्यो । यतिखेरै आफूलाई खसी र गलैँचालाई घाँससँग तुलना गर्न पनि पछि परेन ऊ । कताकता मन आत्तियो । अगाडिन ठिक्क परेका पाइला पछाडिन खोजे । आजको आफ्नो व्यवहारले बूढाका मनमा शङ्का उब्जिएको राम्रैसँग चाल पाइन् शीलाले । फेरि पूर्ववत् आग्रह गरिन्,— ‘बसिस्योस् न । किन अप्ठ्यारो मानि’स्या ? अप्ठ्यारो मात्रु पर्दैन क्या ।’
मनमा अचम्म लाग्दालाग्दै पनि दिलबहादुरले गलैँचामा आसन कसे । शीला फ¥याकफुरुक गरेर यताउति गर्न लागिन् । आजको उनको भावभङ्गी हिजोअस्ति जस्तो छैन । निकै भित्र छिन् उनी आज ।

भोजनको तयारी सुरु भो । हरियो साग मात्रै चार थरि । अरु पनि विभित्र किसिमका साकाहारी परिकार । च्याउको सुप जस्तो देखिने अलिकति पिठोको खोले पनि । भान्साका यी सप्पै परिकार उनैले तयार गरेकी हुन् । देख्दै पनि खाऊँखाऊँ लाग्ने जस्ता अनौठा परिकार । त्यत्तिकै स्वच्छ र ताजा पनि ।

शीलाको लीला र आजको उनको आदरसत्कार देखेर दिलबहादुरको मन निक्कै रमायो । केटाकेटीर्झैं फुरुङ्ग प¥यो । अगाडि राखिएका व्यञ्जनहरु देख्नेबित्तिकै उसका मुखमा पानी आयो । दोजिया महिलाले अमिलो देखेको भन्दा चर्को भयो उसलाई । भोको पेट । मन थाम्न सकेन । खानका लागि हात बढायो ।

‘ए ! पखिस्योस् । पखिस्योस् ।’ शीला आत्तिएर कराइन् । दिलबहादुरको मनको चिसो फेरि सगरमाथा बन्यो । ‘उठूँ कि बसूँ ?’ दोमन भयो । हतासियो । के गरुँ ! के नगरुँ !! भयो उसलाई ।

शीला क्षणभरमै पूजाका सामान लिएर दिलबहादुरका अगाडि खडा भइन् र भत्र लागिन्,— ‘पखिस्योस् है हजुर । हजुरलाई आज म भूजाअघि पूजा गर्छु । माला किनेर ल्याएकी छु । पहि¥याउँछु ।’

साँच्चै उनले आज दिल खोलेर पूजा गरिन् दिलबहादुरको । सुन्दर सयपत्री फूलका माला । दिलबहादुरका गलामा निकै सुहाए् । तर पनि यो अनौठो नाटक नबुझेर अन्यमनस्क भावमा टोलाइरह्यो दिलबहादुर । नटोलाओस् पनि किन ? कहिल्यै नघटेको घटना घटिरहेछ । एक्कासि कल्पनै नगरेका कुरा भइरहेछ । साँच्चै, ऊ आज सपनामा छ कि विपनामा ? उसले छुट्ट्याउन सकिरहेको छैन । कसैलाई सोधूँ भने शीला बाहेक घरमा अरु को नै छ र ? कि ऊ आफैं छ । कसलाई सोध्नूँ ?
परिस्थितिको आकलन गर्न सकेन दिलबहादुरले । न तत्काल कुनै अनुमान नै लगाउन सक्यो । आफ्नी पे्रयसीको पूजा चुपचाप स्वीकार ग¥यो । अगाडि आएको भोजन ग्रहण ग¥यो । मनको खुल्दुली घट्नुको साटो पलपल बढिरह्यो । भोजनको समाप्तिपछि लुकाइराखेको खुल्दुली खोल्यो ।

‘शीला ! आज यो सबथोक के भइरहेछ ? मैले त केही पनि बुझ्न सकिन ।’ दिलबहादुरले डराइडराइ मुख खोल्यो ।
‘कठै !! यी सोझा बूढा ।’ दया जाग्यो मनमा । मान्छेकै मन न हो, अलिकति पग्लियो पनि ।

‘के बुझ्नुहुन्थ्यो त हाम्रो नयाँ व्यवस्था ?’ शीला मुसुक्क मुस्कुराइन् र बेलिबिस्तार लाउन थालिन्,— ‘बुझ्नु भो ? हामीले मुलुकको नयाँ संविधानमा विवाहिता प्रत्येक नारीले वर्षको एकपटक गोरु तिहारका दिन आफ्ना लोग्नेलाई पुज्न र मीठोमीठो ख्वाउन पाउनु पर्छ भनेर मौलिक अधिकारमा नै लेखाएका छौँ । बिचरा ! लोग्नेमान्छेहरु । रातदिन डोकोनाम्लो, घाँसदाउरा केही नभनी खटिएका खटियै छन् । वर्ष दिनभरि जोत्ने, जोतिने र बाली लाउने गोरुभन्दा कति नै फरक छन् र यी लोग्नेमान्छेहरु ? त्यसैले अरु नपाए पनि गोरुले पाएको सुविधासम्म त यिनलाई दिनै पर्छ भनेर हामीले आफ्ना आवाज बुलन्द ग¥यौँ र संविधानमा लेखाई छाड्यौँ । त्यसैको प्रतिफल हो यो आजको पूजाआजा र भोजन ।

बुझ्नु भो ! श्रीमान्ज्यू, आज गोरु तिहार हो । संविधान बमोजिम तपाईंहरुले आ–आफ्ना स्वास्नीबाट पुजिन पाउने दिन । मीठोमीठो खान पाउने दिन । हामीलाई बुद्धि पु¥याएर बेलैमा संविधान बनाउन पठाउनु भा’थ्यो, र त तपाईंहरुले यसरी पुजिने अवसर पाउनु भयो । बुझ्नु भो ? यसअघि कहिल्यै यस्तो व्यवस्था भा’थ्यो संविधानमा ? थिएन नि ।’ शीलाले गर्वसाथ आफ्नो पुरुषार्थ ओकलिन् । आजको यथार्थ खोलिन् ।

विचरा ! दिलबहादुर । न राजनीति थाहा’थ्यो, न संविधान । बूढीका कुरा चुपचाप सुन्यो मात्र । कुनै प्रतिकार गरेन । त्यस्तो प्रतिकार गर्न सक्ने हैसियत पनि ऊसँग कहाँ थियो र ? तर एउटा प्रश्नचाहिँ उसका मनमा नाचिरह्यो,— ‘आफैं गोरु हुने संविधानमा त्यत्रा लोग्नेमान्छेले चाहिँ कसरी सहीछाप हाले होलान् ? कसले दियो होला तिनलाई त्यस्तो सल्लाह ? आफैं गोरु हुने संविधानमा आफैं सहीछाप !! के हुन लाग्यो यो मुलुकमा ? अचम्म छ बा !!!’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x