साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुइटेल बन्धु सेवा समाजको चौथो साधारण सभा

Nepal Telecom ad

लुइटेबन्धु प्रतिष्ठान रूपान्तरण गर्ने प्रस्ताव पारित गर्दै यही चैत २९ गते राजधानीमा लुइटेल बन्धु सेवा समाजको चौथो साधारण सभा सम्पन्न भएको छ । सभाले देवीप्रसाद लुइटेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदश्यहरू सहित ३१ जनाको नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत ढङ्गले निर्वाचित गरेको छ ।

सभासद सीता लुइटेलको प्रमुख आतिथ्य र कृष्णप्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न पहिलो सत्रमा कोइराला बन्धु सेृवा समाजका रुवयनाथ कोइराला, पराजुली बन्धु सेवा समाजका कुल प्र पराजुली, भट्टराई बन्धु सेवा समाजका दुर्गा भट्टराई, पूर्वमन्त्री योगप्रसाद उपाध्याय लुइटेल, समाजसेवी एवम् पूर्व प्रशासक पुष्पप्रसाद लुइटेल, प्रा.डा. खगेन्द्र प्र लुइटेल र सञ्चारकर्मी तथा साहित्यकार नरनाथ लुइटेलले शुभकामना मन्तव्य दिनुभएको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष तारानाथ लुइटेलको स्वागत मन्तव्यपछि पुर्खाको सम्झनामा एक मिनेट मौनधारणा गर्दै आरम्भ भएको सभामा जेष्ठ लुइटेल नागरिकहरूका साथै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने लुइटेल बन्धुहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने जेष्ठ सदस्यहरूमा धादिङकी वेदमाया लुइटेल (१०७ वर्षीय), ओखलढुङ्गाका प्रेमबहादुर लुइटेल (९६वर्षीय), झापाका छत्रबहादुर लुइटेल (९६ वर्षीय), पाँचथरका हरिलाल र राधिका लुइटेल दम्पत्ति, (९६ वर्षीय) स्याङ्जाकी एककुमारी लुइटेल (९३ वर्षीया) र टीकाराम लुइटेल (९१ वर्षीय), ओखलढुङ्गाकी नरमाया लुइटेल खतिवडा (९० वर्षीय), बाराकी कुशुमकुमारी लुइटेल पौडेल (८९ वर्षीय), सर्लाहीका हरिप्रसाद लुइटेल (८९), स्याङ्जाका धर्मानन्द लुइटेल दम्पति (८९ वर्षीय), काठमाडौँका प्रेम लुइटेल (८८) स्याङ्जाकै चूडामणि लुइटेल (८८) रहनुभएको छ ।

त्यसै गरी बुद्धिजीवी क्षेत्रका कवि रोहिणीविलास लुइटेल, पण्डित ज्योतिष भैरवराज लुइटेल, चारवेदका अनुवादक तिलक प्रसाद लुइटेल, शिक्षक लोकनाथ लुइटेललाई सम्मानित गरिएको छ । समाजसेवाका क्षेत्रमा क्रियाशीलमध्ये पाल्पाका अधिवक्ता जलेश्वर लुइटेल, काठमाडौका कुटनीतिज्ञ एवम् समाजसेवी नरोत्तम लुइटेल, पाइलट सुरज उपाध्याय लुइटेल, गोरखाका लेखनाथ लुइटेल सम्मानित हुनुभएको छ । त्यसैगरी शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुनेहरूमा प्रा.डा.सुषमा शर्मा, (नेपाली साहित्यमा विद्यावारिधी), डा. केशरण लुइटेल (दर्शनशास्त्र), प्रा.डा. कुलप्रसाद लुइटेल, (अर्थशास्त्र), डा.चक्रपाणि लुइटेल (अर्थशास्त्र), डा. हिमाल लुइटेल, (विज्ञान), डा. विनोद लुइटेल, (बाग विज्ञान) पनि सम्मानित हुनुभएको छ ।

प्रशासन एवम् राष्ट्रसेवामा संलग्न लुइटेल बन्धुहरूमध्ये अम्बिकादेवी लुइटेल (मानन्धर), (नेपाल सरकारका सहसचिव), गंगाप्रसाद लुइटेल (पूर्व सहसचिव), उमेशप्रसाद लुइटेल (जिल्ला न्यायाधीश), माधवप्रसाद लुइटेल, (उप कार्यकारी निर्देशक), डा. भोजराज लुइटेल (युरो सर्जन शिक्षण अस्पताल), चन्द्रप्रसाद लुइटेल, (जिशिअ सिन्धुली), रविन्द्र लुइटेल (सेनानी नेपाली सेना) लाई पनि सभामा सम्मानित गरियो । सञ्चार क्षेत्रमा क्रियाशील लुइँटेल बन्धुहरूमध्ये सञ्चारकर्मी हरिगोविन्द लुइटेल, नरनाथ लुइटेल, गुणराज लुइटेल र घमराज लुइटेल पनि सम्मानित हुनुभएको छ ।

सभाको दोस्रो सत्रमा पुष्पप्रसाद लुइटेलको अध्यक्षतामा, यामप्रसाद लुइटेल र माधवप्रसाद लुइटेल रहेको अध्यक्षमण्डल मनोनयन गरी नरनाथ लुइटेल (क) को अध्यक्षतामा जगन्नाथ लुइटेल, यज्ञबहादुर लुइटेल र नरनाथ लुइटेल (ख) रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । यस सत्रमा समाजले गरिआएका कामहरूको वाषर््िाक गतिविधीसम्बन्धी छलफल र परिवर्तित परिस्थितिमा समाजको विधान संशोधन प्रस्तावहरू पारित गरियो । निर्वाचन प्रक्रियामा सभाबाट देवीप्रसाद लुइटेलको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत ढङ्गले निर्वाचित गरिएको छ । निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष तारानाथ लुइटेल, उपाध्यक्षहरूमा गंगाप्रसाद लइटेल, पुण्यप्रसाद लुइटेल, भगिरथ लुइटेल र टेकप्रसाद लुइटेल निवाचित हुनुभएको छ भने महासचिवमा रमेश शुभेच्छु लुइटेल, सचिवद्वयमा भूपराज लुइटेल र प्रेमराज लुइटेल, कोषाध्यक्षमा भवनाथ लुइटेल, सहकोषाध्यक्षमा टोपराज लुइटेल निर्वाचित हुनुभएको छ ।

-सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x