साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दार्थ सम्मान समारोह

Nepal Telecom ad

वैशाख १ गते २०७१ / नेपाल साहित्य समाज, साहित्य संवद्र्धन केन्द्र र शब्दार्थ प्रकाशनको संयुक्त आयोजनामा राजधानीमा भएको एक समारोहबीच स्रष्टाहरूलाई सम्मान गरिएको छ । समारोहमा वरिष्ठ पत्रकार रोचक घिमिरेको अध्यक्षता, कोषकार वसन्तकुमार शम्र्मा नेपालको प्रमुख आतिथ्य, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार राजेश्वर देवकोटा, प्रदीप नेपाल समेत उपस्थिति रहेको थियो ।

समारोहमा वसन्तराधा पद्यकाव्य पुरस्कार नेपाली महिला महाकाव्यकार श्री बुनू लामिछानेलाई, हेमकुमारी दिवाकर समाज सेवा सम्मान भागवत सन्न्यास आश्रमलाई, साहित्य संवद्र्धन द्रष्टा सम्मान प्रा डा केशवप्रसाद उपाध्यायलाई र हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरियो । वसन्तराधा पद्यकाव्य पुरस्कारको राशी २२,२२२/–, हेमकुमारी दिवाकर समाज सेवा सम्मानको राशी १५,५५५/–, साहित्य संवद्र्धन द्रष्टा सम्मानको राशी १०,०००/–, हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कारको राशी १९,०००/– रहेको छ ।

शब्दार्थ प्रकाशनबाट प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष प्रदान गर्दै आएको प्रत्येक अङ्को एक श्रेष्ठ रचनालाई गरिने वैजयन्ती स्रष्टा सम्मान २०६९ सालमा प्रकाशित अङ्कका उत्कृष्ट स्रष्टा विजय चालिसे, प्रकाशमणि दाहाल, श्री ओम श्रेष्ठ रोदन, रामप्रसाद पन्त, मञ्जुल र नारायण निरासीलाई प्रदान गरियो ।

उक्त अवसरमा लोकेन्द्रबहादुर चन्दको ‘लेमिङहरू कथासङ्ग्रह, राजेश्वर देवकोटाको ‘वसन्तकाव्य’, पुण्यरश्मि खतिवडाको ‘धर्मान्ध’ कथासंग्रह, खगेन्द्र खोल्साघरे ‘बसुन्धरा’ महाकाव्य, बुनु लामिछानेको‘ अनुस्मृति र सिर्जनानन्द’ खण्डकाव्य, भवेश खनालको ‘इन्फिनिटी’ निबन्ध र कविताका सात पुस्तक समेत विमोचन गरिए ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x