साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म !

Nepal Telecom ad

कक्षा सातविषे पढाइ नहुँदै रोमान्समा लागियो !
धेरै वर्ष भएर फेल, दसमा फड्केर श्रेणी चढ्यो !
यो भन्दा पढिएन, सात दिनमा चौधै घुमेँ अञ्चल,
पैले ता अखिले थिएँ, स्थिती बुझे पश्चात् बने मण्डल !

मेरो मण्डलमा प्रवेश जब भो ! भो आम–निर्वाचन,
जिल्लाको म सदस्यमा पनि लडें ! क्षेत्रीय नेत्री हुन,
हारेँ तैपनि हाकिमादि गुरुले च्यापेर काखी अब !
मेरा बाबु–बराजुको पनि भयो स्टयान्डरै दोब्बर ।

ट्याक्सीमा म फिलिल्ल बग्छु अहिले कुर्ता र सुर्वालमा !
चस्मा नील लगाइ चक्षु दुईमा, ज्याकेट लेडिज् नयाँ !
एडीवाल जुता दुवै पयरमा, दोकाँधमा ओढ्छु सल् !
पार्छु हेर ! झिलीमिली मुलुकमा यौटी म तीनै सहर् !!!

बच्चा जन्मिन पाउँदैन म सधैँ ट्याब्लेट खान्छु अनि !
इन्जेक्सन् म लिंदैछु तीन महिने प्यारी सँगिनी भनी !
मेरा मानिस छन् विशिष्ट पदमा, जौं आज भन्छन् तिनै,
पाँच्तारे कि त एभरेस्ट र यती होटल् म पुग्छु सिधै !

सोल्टीमा पुगि सोल्टिनी पनि बनेँ ! धेरै कमाएँ धन !
भन्छन् रे ? अब गाउँमा पनि कठै ! छोरै रछे त्यो, हन ?
गाउँमा म अगाडि निन्दित थिएँ, ट्याक्सी भनी भन्दथे,
ऐले एक कटेज कान्तिपुरमा सौ लाख हाली किनेँ !

फोहोरी अब गाउँलेहरू यता आए भने थुक्छु म !
जिल्लाभित्र ठूलाबडा जति सबै जाहान झैं ठान्छु म !
जस्ले जीवनको मजा पनि लुटे ! जागीर जोडी दिए !
श्री सम्पत्ति दिए ! तिनै पुरुषकी मैला लँगौटी म ए !

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x