साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो !

Nepal Telecom ad

चाहियो चाहियो
संविधान चाहियो
मागै मागको ओइरो छ
भाषणबाट माग छ
लेखाइबाट माग छ
पोस्टरबाट माग छ ।

थरी थरी छ
परी परी छ
माग गरेर कतै लेख्या देख्छु संविधान चाहियो
कतै चाहिएको देखेको छु सविधान
कतै छापिराखेको देख्छु सविधान  ।

म ता अलमलमा परेँ है साथी हो
सबैतिर मागै माग छ
चार बर्ख लगाएर कोरलेको
संविधान अधुरै छ ।
बार बर्ख लगाएर ल्याएको सविद्यान
सडकैमा छ ।
जसलाई पनि संविधान चाहिएको देख्छु
नेपालमा संविधानका मागको
जताततै उरुङका उरुङ छ ।
आउनुहोस् आउनुहोस् आउनुहोस्
लानुहोस् लानुहोस् लानुहोस् ।
आफ्नो आफ्नो संविधान लानुहोस् ।

लगे भइहाल्छ नि !
दिव्य बार वर्ख
जङगलमा पकाएर ल्याएको संविधान पो हो त
आलो काँचो अब कहाँ छ र ?
बस एकै वर्ख भस्र्याउनु परेको छ ।
अनि उठाएर लानु होला
संविधान खानु होला ।
संविधान लाउनुहोला
संविधान सुत्नुहोला
संविधान चुठ्नुहोला
संविधान नै मुत्ने हग्ने कुरा चै नगर्नु होला
सबैलाई यही नै चाहिएको रहेछ
भात नभए पनि भो
बिजुली नभए पनि भो
पानी नभए पनि भो ।

छोरो नभए पनि भो
छोरी नभए पनि
संविधान चाहियो
संविधान चाहियो
संविधान चाहियो
संविधान चहियो ।
लौ चाहियो है चाहियो ।

मझेरी डटकमबाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x