साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक घटना दुई रिपोट

Nepal Telecom ad

म कुनै प्रज्ञा प्रतिष्ठानको एउटा ससानो पुरस्कार थाप्न काठमाडौं जाँदै थिएँ । बस पहाडको उकालोमा गर्भिणी महिलाझैं मन्द गतिमा चलायमान थियो ।

चारैतिर छरिएका प्राकृतिक छटा हेर्नमा म नराम्रोसँग निमग्न थिएँ । दुई राम्रा पुतली कतातिरबाट उड्दै बसको अघिल्तिर होमिन आइपुगे । वर्तमान नेपाली राजनीतिको भाषामा ती दुवैले वीरगति प्राप्त गरे ।

अर्को दिन राजधानीका पत्रपत्रिकामा दुई थरिका समाचारले म तीन छक्क परें । सुरक्षा निकायले आफ्नो प्रेस विज्ञप्तिमा भन्यारे’छ– सुरक्षा टोली आफ्नो नियमित गस्तीमा जाँदा फलानो ठाउँमा, यति बजेतिर अकस्मात् सुरक्षाकर्मीलाई लक्षित गरी विद्रोहीहरूले सकेट बम प्रहार गर्दा प्रतिकारमा चलाएको सुरक्षाकर्मीको गोलीले दुई माओवादी एरिया कमाण्डरको घटनास्थलमै मृत्यु भयो । उनीहरूको राम्ररी सनाखत हुन बाँकी नै छ ।

अर्को कुनै पत्रिकामा विद्रोहीहरूको स्थानीय प्रवक्ताले भनेका रे’छन्– फलानो गुल्ममा कार्यरत एक हवल्दार र एक जम्दार सादा पोशाकमा गाउँमा आई गाउँकी आइमाईलाई जिस्क्याउँदा विद्रोहीको गोलीका शिकार भएका छन् ।

उल्लेखित घटनास्थलमा दुई पुतली बसले किचेर मरेको घटनालाई मैले सम्झें । यद्यपि सुन्दर पुतलीहरू अनाहकमा मर्दा मलाई दुःख नलागेको त हैन ! तर… यी दुवै समाचार ….. !!

मझेरी डटकमबाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x