साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलौरा

Nepal Telecom ad

फुलौरा फुलौरा फुलौरा फुलौरा
अहा क्या मजाको छ तातो फुलौरा
जहाँ जान्छु सम्झन्छु मेरो फुलौरा
कहाँ भेट्नु नेपालको यो फुलौरा ।

यता गुद्गुदी शब्दमा भात पाकोस्
सँगै जिम्बुले मासको दाल झानोस्
टुसा टुस्किएको रसिलो बिरौंला
रिकापीभरी होस् पहेंलो फुलौरा ।

कमेरो दली शुद्ध सेतो बनेको
त्यहाँभित्र रातो हरीयो लिपेको
पिरा दारको काठको होस् बनेको
यहाँ काँसको थाल राम्रो सजेको ।

दियालो बलेको उज्यालो छरेर
उनीले दिऊन् भाग मायाँ गरेर
कचौरा भरी हाल्नु लेदो घिरौंला
चमाचम् गरी खानु मीठा फुलौरा ।

मकै होस् भुटेको फुलेको फुटेको
दुनामा कि खल्पी कि सिन्की कुटेको
खुवा होस् पुवा होस् कि खट्टे सिरौंला
सबैसाथ मिल्ने अहा क्या फुलौरा ।
फुलौरा फुलौरा……….

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x