साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलङ्कीमा सिर्जना वाचन

Nepal Telecom ad

अनुपम सिर्जना प्रतिष्ठानको नियमित सिर्जना वाचनको चौबिसौँ शृङ्खला यही जेठ १७ गते शनिबार सम्पन्न भएको छ । हरेक महिनाको तेस्रो शनिबार प्रतिष्ठानको आयोजनामा सिर्जना वाचन कार्यक्रम सम्पन्न हुँदै आएको हो ।

कलङ्कीस्थित एडमार्क कलेज परिसरमा आयोजना हुँदै आएको कार्यक्रमको यस शृङ्खलाका प्रमुख अतिथि हुनुहुन्थ्यो साहित्यकार श्रीहरि फुयाँल । फुयाँलले पानसमा दीप प्रज्वलन तथा संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोेखरेलले स्वागत मन्तव्य व्यक्त गरेपछि रचना वाचनको क्रम सुरु भएको थियो ।

कार्यक्रममा पूर्णप्रसाद पन्त, रामशरण खड्का, जगदीश्वर पोखरेल, सूर्यवदना पण्डित, सुमित्रा दवाडी, श्रीधर पौडेल, दुर्गा रिमाल, सूर्यकुमार पण्डित, श्रीहरि फुयाँल, रामप्रसाद पौडेलसहितका स्रष्टाहरूले छन्दका कविता वाचन गर्नुभएको थियो ।

त्यसै गरी जनक अधिकारी, राजेश चोच्छे, सन्दीप झझल्को लगायतका स्रष्टाले गद्य लयसंरचनाका कविता वाचन गर्नुभएको थियो भने डा.जीवन अधिकारी र राजु ‘राज स्वयम्’ले गजल अनि टङ्क सेलिङ लिम्बूले मुक्तक सिर्जना पस्किनुभएको थियो । सदाझैँ स्रष्टा केशवराज अर्याल ‘निश्चल’ले आफ्नो हास्य कविता सुनाएर सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।

नयाँ–पुराना पुस्ताका स्रष्टाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कविता, गजल, मुक्तक—लगायतका विविध विधामा प्रस्तुति दिइएको थियो । प्रमुख अतिथि फुयाँलले अनुपमको साहित्यिक गतिविधिको प्रशंसा गर्दै यसले नियमितता पाउनुपर्ने कुरामा विशेष जोड दिनुभयो । कार्यक्रममा प्रेम, समाज, देशमक्ति, जीवनदर्शन समेटिएका कविताहरू समेटिएका थिए । कार्यक्रमका सभाध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालनमा हुनुहुन्थ्यो संस्थाका सचिव जितु खड्का ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x